• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सरकारी अस्पतालमा बहिरंग सेवा दुई सिफ्टमा चलाउन गृहकार्य

काठमाडाैं, भदाै १२- सरकारी तथा प्रतिष्ठान तहका अस्पतालहरूमा दैनिक दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताएका छन्। उनले प्रसूति गृहको वार्षिकोत्सवको अवसरमा यस्तो बताएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य नीति, २०८१/८२ मै संघीय अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गर्ने विषय उल्लेख भइसकेको र त्यसैलाई कार्यान्वयन गर्न गृहकार्य भइरहेको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार नीति कार्यान्वयनका लागि मन्त्रालयले आर्थिक संयोजनका विषयमा गृहकार्य सुरु गरेको छ। जसअनुसार अस्पतालहरूले बिजुलीको महसुलबापत मासिक रूपमा तिर्ने रकमको ५० प्रतिशत मिनाहा गर्न ऊर्जा मन्त्रालयलाई पत्राचार भइसकेको छ ।

मिनाहा भएमा बच्ने रकम, बिरामीले तिरेको शुल्कबाट संकलित रकम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने थप रकमसहित दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गर्न सहज हुने छ ।

अस्पतालमा टिकट लिन लाग्ने लामो लाइन घटाउन, शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने अवस्था हटाउन र बिरामीलाई छरितो सेवा प्रदान गर्न यो कार्यक्रम अघि सारेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए । उनले भने, ‘दुई समूहमा बहिरंग सेवा सञ्चालन भएमा बिरामीले अप्रेसनका लागि महिनौं पालो कुर्नुपर्ने अवस्था रहने छैन। उपचारमा पनि सहज हुनेछ।’

सरकारी अस्पतालमै भएको जनशिक्त प्रयोग गरी बिरामीलाई गुणस्तरीय र सहज सेवा प्रदान गर्न यसो गर्न लागिएको हो। उनका अनुसार यसो गर्दा चिकित्सकलाई निजी अस्पतालमा पनि धाउनुपर्ने छैन। दुई सिफ्टमा काम गर्ने चिकित्सक तथा कर्मचारीलाई अतिरिक्त तलब दिनेगरी कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको तयारी छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइरालाले दुई सिफ्टमा सेवा सञ्चालन गर्नु स्वागतयोग्य कदम भएको बताए। दुई सिफ्ट बहिरंग सेवा अन्य प्राविधिक पक्षलाई समेत संयोजन गरेर लैजान सकेमा मात्र प्रभावकारी हुने कोइरालाले बताए। यो कार्यक्रमको मुख्य उद्देश्य बिरामीलाई सेवामा सहज पहुँच पुर्‍याउनु भएकाले त्यहीअनुसार अन्य पक्षको पनि व्यवस्थापन गर्नुपर्छ। अन्यथा बिरामीले दुःख पाउने उनले बताए।

कोइरालाका अनुसार बहिरंग सेवामा चाप बढेसँगै रोग पहिचानमा आवश्यक एमआरआई, सिटिस्क्यान, प्रयोगशाला, भिडियो एक्सरे, अपे्रसन थिएटर कक्षको पनि उचित व्यवस्थापन हुनुपर्छ । डा। कोइरालाले भने, ‘बिरामीले डाक्टरसँग जाँच गराए तर डाक्टरले सिफारिस गरेअनुसार समयमै सिटिस्क्यान या भिडियो एक्सरे भएन भने दुइ सिफ्ट सेवा गरेको अर्थ हुँदैन ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलका स्वकीय सचिव दुर्गा घिमिरेले दुइै सिफ्ट बहिरंग सेवा सञ्चालनका लागि अस्पतालका प्रमुखहरूसँग बैठक गरेको सुनाए। अस्पतालहरूको समेत सहमतिमा यसो गर्न लागिएको जानकारी दिँदै उनले सेवा प्रदानका लागि चाहिने अन्य काम अस्पतालहरूले आन्तरिक स्रोतबाटै गर्ने सहमति भएको छ।

निर्णयअनुसार केही अस्पतालले दुई सिफ्टमा बहिरंंग सेवा सञ्चालन गरिसकेको प्रगति विवरणसमेत प्राप्त भएको मन्त्रालयले जनाएको छ। जसमा भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पताललगायत छन्।

बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.