काठमाडौं– नेपालले आज साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न भुटानसँग प्रतिस्पर्धा गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ।
नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपालले समूह चरणका दुवै खेल जितेको थियो । समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ ले पराजित गर्दै ६ अंक जोडेको थियो। भुटानले समूह चरणमा माल्दिभ्सलाई पराजित गर्दा भारतसँग खेल गुमाएको थियो ।
बंगलादेश नेपाल रहेको समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपाल रहेको समूहको अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ। साविक विजेता भारत र उपविजेता बंगलादेशबीच सोमबार दोस्रो सेमिफाइनल हुनेछ।