मुग्लिन,भदौ ७- तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उद्धार गरिएका सबै २९ जनालाई अस्पताल पठाइएको छ।
प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाणले जानकारी दिए अनुसार उद्धार गरिएका यात्रुहरूमध्ये केही सचेत र केही बेहोस अवस्थामा छन्। तर उनीहरूको वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी अझै प्राप्त भइसकेको छैन। उद्धार कार्य जारी रहेको र थप जानकारी आउने क्रममा रहेको पनि उनले बताए।