×
सोमबार, असार ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ४. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ५. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ७. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ८. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ९. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • १०. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

बाढीपहिराले तनहुँका ग्रामीण सडक अवरुद्ध


दमौली (तनहुँ),भदौ ६- बाढीपहिरोका कारण तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखि परेको वर्षाका कारण बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

ऋषिङ गाउँपालिका-५ लाग्नेचौतारीदेखि राम्जाकोटसम्म पुग्ने बाटो आज पहिरोले अवरुद्ध भएपछि सर्वसाधारणलाई सास्ती भएको स्थानीय पूर्णिमा क्षेत्रीले बताउनुभयो । बाटो अवरुद्ध भएपछि विशेषगरी बिरामीलाई स्वास्थ्य संस्था र विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिरोले बाटै ढाकेको छ, हिँड्डुल गर्न समस्या छ, सम्बन्धित निकायले चाँडोभन्दा चाँडो बाटो खोल्नेतर्फ पहल गर्नुपर्छ ।”

भिमाद नगरपालिका–८ भावर जरेवारमार्ग अन्तर्गत सिम्ले टोलमा वर्षाका कारण बुधबार सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ । भिमाद–५ स्थित वानटाङ खोलामा आएको बाढीले कजवे भत्किँदा दुई दिनदेखि सडक अवरुद्ध छ । खोलामा आएको बाढीले मङ्गलबार कजवे भत्किँदा भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न ठाउँमा जाने सडक अवरुद्ध भएको हो । खोलामा आएको बाढीले कजवे भत्किँदा सवारी साधन सञ्चालन हुन नसकेको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोला बढेको छ, मानिस वारपार गर्न समेत जोखिम छ, पानी नघटेसम्म सवारी साधन सञ्चालन गर्न मिल्दैन ।”

यही बाटो हुँदै ऋषिङ–८ पल्ट्याङका सर्वसाधारण भिमाद बजार आउजाउ गर्छन् । खोला बढेपछि सवारी साधन सञ्चालन हुन नसक्दा स्थानीयलाई सास्ती भएको छ । यो खोलामा पक्की पुल निर्माण गर्नुपर्ने स्थानीयको वर्षौंदेखिको माग रहेको स्थानीय अस्मिता अधिकारीले बताउनुभयो । बर्खाका बेला खोला बढ्दा विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न समस्या रहेको उहाँको भनाइ छ ।

यस ठाउँमा तनहुँ जलविद्युत् आयोजनाले पक्की पुल निर्माणको तयारी गरिसकेको छ । आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माणको प्रक्रिया सुरु गरेको हो । वर्षौंदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि राहत हुने भएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । पुल निर्माणका लागि आयोजनाले गत असार १४ गते बोलपत्र आह्वान गरेको छ । उक्त पुलको लागत करिब रु २५ करोड रहनेछ ।

भण्डारीले भन्नुभयो, “एसियाली विकास बैङ्कको सहयोगमा आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पक्की पुल निर्माणको प्रक्रिया सुरु भएको हो, पुल बनेपछि यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।” भिमाद हुँदै ऋषिङका विभिन्न वडा जाने भिमाद ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा पुल नहुँदा बर्खायाममा यस भेगका हजारौँ सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला वारपार गर्न नै समस्या हुने गरेको छ । पुल नहुँदा यस भेगका जनताले जोखिम मोलेर खोला तर्न बाध्य छन् । रासस

बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट
टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै
मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ४.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ५.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

भर्खरै

  • १.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ४.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ७.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ८.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.