×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ७. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ८. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

आज गाईजात्रा पर्व मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा


काठमाडौं, भदौ ४- प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ।

गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि काठमाडौँ उपत्यकामा मात्रै बिदा हुने भनिएकामा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति निकालेर प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

 

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

 

आज गाईजात्रा पर्व मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

हिजोआज गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

 

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

भर्खरै

  • १.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • २.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ३.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ७.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ८.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.