×
सोमबार, असार ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ४. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ५. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ६. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ७. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ८. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ९. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • १०. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी


काठमाडौँ, भदौ ३- सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।

 

निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो ।

 

दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरुप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ । निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले यही भदौ १ गतेदेखि लागू हुनेगरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निणय नभएसम्मका लागि मूल्यमा कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

 

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । गत साउन ३१ गते प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बैठक बसेको थियो । उक्त बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल गरेको जनाइएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ ।

 

सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विसं २०८३ भदौसम्म नलिने जनाएको छ ।उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनाइएको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरका लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

 

गत साउन १८ गते प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गर्नुभएको थियो । उहाँले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिनुभएको थियो ।

 

निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायु सेवा सञ्चालकहरुले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गर्नुभयो ।

 

प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिनुभएको थियो । यस क्षेत्रमा देखिएका समस्या समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गर्नुभएको थियो । उहाँले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो राख्नुभएको थियो ।युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानलाई ‘सेफ्टी’ सूचीमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गर्नुभएको थियो ।नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले थाई एयर एसियालाई थाइल्यान्डबाट नेपाल उडान गर्न अनुमति दिएको छ । क्यानले थाई एयर एसियालाई सातामा चार उडान भैरहवाबाट र तीन उडान काठमाडौँबाट गर्ने स्वीकृति दिएको हो । उक्त एयरलाइन्सले आगामी असोज ४ गतेदेखि उडान गर्नेगरी अनुमति लिएको जनाइएको छ ।

 

कुवेतको जाजिरा एयरले पनि आगामी असोज ९ गतेदेखि गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्नेगरी क्यानसमक्ष कागजात पेस गरेको विमानस्थलले जनाएको छ । उक्त एयरलाइन्सले सातामा तीन उडान गर्नेगरी अनुमति मागेको छ । एयरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन । रासस

सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ४.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ५.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ६.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ४.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ७.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ८.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.