• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

दन्त चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना

चितवन, १ भदौ । सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका चितवनका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । वरिष्ठ दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउण्डेसन’ स्थापना गरेका हुन् ।

फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा न्यौपानेले स्वास्थ्य, शिक्षा, विपद्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताउनुभयो । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उहाँले जानकारी दिनुभयो । वार्षिक रु १० लाख अक्षय कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उहाँले बताउनुभयो ।

अक्षय कोषमा राखिएको पैसा नचलाउने तर, चालु पुँजीबाट फाउन्डेसनले काम गर्ने न्यौपानेले बताउनुभयो । आउँदो वर्षबाट कोषको ब्याजबाट प्राप्त रकममा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले सामाजिक काम गर्ने उहाँको भनाइ छ । दश वर्षमा अक्षयकोष रु एक करोड पु¥याउने लक्ष्य राखेको भन्दै डाक्टर न्यौपानले सामाजिक काममा अन्य सङ्घसंस्थासँग सहकार्य गरिने तर, फाउन्डेसन सञ्चालनका लागि अरुसँग आर्थिक सहयोग नलिइने बताउनुभयो । अक्षय कोषबाट प्राप्त व्याजले अपुग हुँदा आफूहरुले आर्जन गरेको रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।
फाउन्डेसनले बर्सेनि २० विद्यार्थीलाई प्रति विद्यार्थी १० हजार रुपैयाँका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई १० रुपैयाँका हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, विपन्न तथा मेधावी विद्यार्थीलाई प्रदान गरिने भन्दै न्यौपानेले सामुदायिक विद्यालयकै उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गरिने जानकारी दिनुभयो । छात्रवृत्ति र पुरस्कार रकम अन्य व्यक्ति तथा संस्थाबाट नभइ आफूहरुले नै मूल्याङ्कन गरी प्रत्यक्षरुपमा प्रदान गर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उहाँहरुको योजना छ । ग्रामीण क्षेत्रका विपन्न २० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने फाउन्डेसनको योजना रहेको डा सरु थापाले बताउनुभयो । सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ ।
फाउन्डेसनका सञ्चालक चिकित्सक दम्पतीले हालसम्म ७० हजार भन्दा बढीको दाँत तथा मुखको उपचार गरिसकेको बताउनुभयो । उहाँहरुले उपचार गरेका बिरामीमध्ये विभिन्न स्वास्थ्य शिविरमा आधाभन्दा बढी रहेका थापाको भनाइ छ । आगामी दिनमा फाउन्डेसनले सञ्चालन गर्ने शिविरमा सबै प्रकारको विशेषज्ञ शिविर हुने उहाँहरुको भनाइ छ ।

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.