Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

ब्रिज कन्सल्टेन्सीको शाखा चितवनमा उद्घाटन, प्रथम दिनमै बिद्यार्थीको घुइँचो

३१ श्रावण, चितवन– ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी चितवन शाखाको शुभारम्भ भएको छ । बिहिबार एक कार्यक्रमका बिच चितवन शाखाको भरतपुरमा शुभारम्भ गरिएको हो । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का केन्द्रिय अध्यक्ष शेषराज भट्टराई र ब्रिजका अध्यक्ष भुवन गिरीले संयुक्त रुपमा रिवन काटेर चितवन शाखाको समुद्घाटन गरे । समुद्घाटनका अवसरमा प्रमुख अतिथि समेत रहेका इक्यान अध्यक्ष भट्टराइले ब्रिज देशकै भरपर्दो कन्सल्टेन्सि मध्य एक भएको बताए । उनका अनुसार ब्रिज इक्यानको आधिकारीक वरिष्ठ सदस्य हो । भट्टराइले कन्सल्टेन्सीको थप उन्नती प्रगतिको कामना गरे ।

विशिष्ठ अतिथि शैक्षिक एवं राजनीतिक व्यक्तित्व राजेश्वर खनालले कन्सल्टेन्सीहरुको बिचमा ब्रिजले अलग पहिचान बनाउन सफल रहोस भन्दै शुभकमना दिए । उनले बिद्यार्थीहरुलाई गुणस्तरीय तवरले पढाएर तथा अब्बल बनाएर मात्रै थप अध्ययनका लागि बिदेश पठाउन सुझाब दिए ।

त्यस्तै ब्रिजका निर्देशक महेश गिरीले आफुहरुको संस्थामार्फत उच्च शिक्षाका लागि बिभिन्न देशमा जाने बिद्यार्थी समस्यामा नपर्ने प्रतिवद्धता जनाए । चार्टर्ड एकाउण्न्टेन्ट समेत रहेका गिरीले ब्रिजबाट उच्च शिक्षाका लागि परदेश गएकाहरुलाई साथ र सहयोग रहँदै आएको स्पष्ट पारे । उनका अनुसार बिद्यार्थी संबन्धित देशको बिमानस्थलमा अवतरण गरेदेखि नै ब्रिजका प्रतिनिधिले सहयोग गर्दै आएका छन ।

उद्घाटन सत्रमा उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, बेलायतका कन्ट्रि डाइरेक्टर एण्डि होप्किन्स, ब्रिजका निर्देशक संजय पन्त लगायतले आफ्नो धारण राखेका थिए । कार्यक्रममा ब्रिज चितवनका अध्यक्ष कृसा लम्सालले मन्तव्य राख्दै संपूर्ण आगन्तुकहरुलाई स्वागत गरेकी थिइन । सो अवसरमा पत्रकार तथा नारायणी पब्लिक कलेजका व्यस्थापक अनिता खनाल, प्राचार्य बेदराज न्यौपाने र भरतपुरमा संचालित बिभिन्न कलेजका संचालक एवं व्यवस्थापकहरुको सहभागिता थियो । उद्घाटनकै दिन १ सय भन्दा बढि बिद्यार्थीले चितवन शाखाको अवलोकन गर्दे निशुल्क आइइएलटिएस कक्षाका लागि आवेदन भरेका छन । शाखा भरतपुर १० रिजालचोक बिमानस्थल धावनमार्गको अगाडी शान्त वातारणमा अवस्थित छ भने पार्किङको पनि राम्रो सुविधा छ ।
बिक्रम संवत २०७२ सालमा स्थापना भएको ब्रिजको हालसम्म देशभर ८ वटा शाखा रहेका छन । त्यस्तै बैदेशिक शाखाहरु बेलायतको लण्डन र अष्ट्रेलियाको सिड्नीमा रहेका छन । यस कन्सलटेन्सीले बिद्यार्थीहरुलाई बेलायत, अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड, आयरल्याण्ड, फ्रान्स, जर्मनी र युरोपका बिभिन्न देशहरुमा पठाउँदै आएको छ । केन्द्रिय अध्यक्ष भुवन गिरीका अनुसार स्थापनादेखि हालसम्म ६ हजार ५ सय भन्दा बढि बिद्यार्थीको भिसा लागिसकेको छ । प्रत्येक बर्ष ७ देखि ९ सय जनाको भिसा लाग्दै आएको ब्रिजमा प्रत्येक इन्टेकमा भिसा सफल दर ७२ प्रतिशत पुग्ने गरेको छ ।
हवाइजहाजबाट ओर्लने बित्तिकै बिद्यार्थी लिन जाने, कोठा खोज्दिने, कलेज चिनाउने र जागिर समेत खोजिदिने भएकाले बिद्यार्थी र अभिभावकको रोजाइमा यो कन्सल्टेन्सी पर्दै आएको छ । यसको बेलायत, युरोप र अष्ट्रेलियाका बिभिन्न विश्वबिद्यालयसंग प्रत्यक्ष साझेदारी समेत रहेको छ । आफुसंग सहकार्य भएका कलेजहरुबाट वार्षिक रुपमा २० जना बिद्यार्थीलाई ब्रिजले बेलायत र युरोपका बिभिन्न कलेज भ्रमण पनि गराउँदै आएको चितवन शाखा म्यानेजर सुनिल मरहठ्ठाले जानकारी दिए । कार्यक्रमको उद्घाटन सत्र शर्मिला पण्डितले संचालन गरेकी थिइन । सोहि अवसरमा पत्रकारहरुले राखेका बिभिन्न जिज्ञासाको इक्यानका अध्यक्ष भट्टराई र ब्रिजका अध्यक्ष गिरीले जवाफ दिएका थिए ।

बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.