×
सोमबार, असार ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ४. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ५. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ६. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ७. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ८. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ९. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • १०. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

साउनको अन्तिम सोमबारः देवघाटमा ५० हजार भक्तजन आउने अनुमान


काठमाडौँ, साउन २८-  आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

देवघाटमा ५० हजार भक्तजन आउने
तनहुँको धार्मिक तीर्थस्थल देवघाटमा आज बोलबम मेला भर्न करिब ५० हजार भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । तेस्रो सोमबार ३५ हजार, पहिलो र दोस्रो सोमबार २५/२५ भक्तजन आएका उहाँले बताउनुभयो । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा रहेको देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलामा स्वदेश तथा विदेशबाट हजारौँ भक्तजन आउने गरेका निर्देशक बरालले उल्लेख गर्नुभयो । मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
सप्तरीका शिवालयमा व्रतालुको घुइँचो
सप्तरीमा रहेका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । विशेष गरी साउनको सोमबार व्रत बसेर आज समापन गर्नेहरुको घुइँचो लागेको स्थानीय रामनाथ यादवले बताउनुभयो ।
साउनमा शिवजीको व्रत बस्नाले पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत शान्ति प्राप्त हुने विश्वास वैदिक शास्त्रमा उल्लेख गरिएकाले यहाँका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लाको राजविराज नगरपालिकास्थित हरिनन्देश्वर, महादेवा गाउँपालिकाको अकुरी, हनुमानगर कङ्कालिनी नगरपालिका–२ स्थित महादेव, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ महादेवको मन्दिर तथा जिल्लाको वीरेन्द्र बजारबाट उत्तर चुरै पहाडमा अवस्थित शनिशिव धाममा भक्तजनको घुइँचो लागेको छ ।
सिद्धेश्वर शिवालयमा वैदिक विधिपूर्वक विशेष गरिँदै
अर्घाखाँचीको भक्तिटोला चुत्राबेँसीस्थित सिद्धेश्वर शिवालयमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि वैदिक विधिपूर्वक विशेष पूजाआजा भइरहेको छ । रुद्री तथा शिवजीको विशेष पूजामा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनको मन्दिर परिसरमा घुइँचो लागेको मन्दिरका पुजारी पण्डित सुमन्तप्रसाद पोख्रेलले बताउनुभयो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिङ्ग स्थापना गरी दैनिक वैदिक विधिपूर्वक पूजाआजा गरिँदै आइएको बताउँदै आज समापन गरिने मन्दिरका संरक्षक नारायणप्रसाद खनालले बताउनुभयो ।
गलेश्वर शिवालयमा एक महिनामा एक लाखले दर्शन गरे
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एक लाख बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । भगवान् शिवको पूजाआराधनाका लागि उत्तम मानिने साउने सोमबारमा गलेश्वर शिवालयमा म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, गोरर्खा, चितवन, बुटवल, भैरवा, काठमाडौँलगायत ठाउँबाट उल्लेख्य मात्रामा भक्तजनक आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
साउनको चारवटै सोमबार भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेर लाइन व्यवस्थित गरी सहज पूजा गर्ने वातावरण मिलाइएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । बेनी–जोमसोम कोरला सडक हुँदै मुक्तिनाथ दर्शन गर्न हिँडेका भारतीय धार्मिक पर्यटकले समेत गलेश्वरको दर्शन गरेका उहाँले बताउनुभयो ।
गत वर्ष मन्दिरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटीबाट रु ५८ लाख ४० हजार पाँच सय १० आम्दानी भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको साउन तेस्रो सोमबारसम्म गलेश्वर शिवलायमा रु १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । रासस

सोमबार, साउन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ४.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ५.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ६.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • २.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ३.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ४.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ५.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ६.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ७.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ८.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.