• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

लोक कल्याण सेवा प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभा


चितवन, २६ साउन । भरतपुर–१ देवघाटमा रहेको लोक कल्याण सेवा प्रतिष्ठान श्री राम जानकी बालिका आश्रमको १४औँ नियमित वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार देवघाटमा सम्पन्न वार्षिक साधारणसभाका क्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटाले प्रदेशले आश्रमलाई आवश्यक पर्ने ठाउँमा सहयोग गर्ने बताउनुभयो । बालिका आश्रम बसेको ठाउँको जग्गालाई वैधानिकता दिएर अगाडि बढेको अवस्थामा प्रदेशको बजेट आश्रमलाई दिने वैधानिक बाटो खुल्ने उहाँको भनाइ छ । विभिन्न योजनाहरु छुट्याउने क्रममा लालपुर्जा नभएको ठाउँमा परेका कारण ती योजनाहर रद्द भएको भन्दै आश्रमलाई जग्गा आफ्नो नाममा ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सावित्री टण्डनले आश्रममा हाल ३७ जना बालिकाहरु आश्रित रहेको बताउनुभयो । हाल कक्षा १ देखि शास्त्री (स्नातक)सम्म अध्ययन गर्ने बालिकाहरु आश्रममा रहेका टण्डनको भनाइ छ । बालिकाहरु आश्रममा आवासीयरुपमा बसेर अध्ययन गर्दै आएका छन् । कार्यक्रममा प्रतिष्ठानका महासचिव रामेश्वर खनालले सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठान आफैले गुरुकुल सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माण भइरहेको भन्दै खनालले पूर्वाधार तयार भएपछि कक्षा ६ बाट सञ्चालन गर्नेगरी गुरुकुल सञ्चालन गर्ने बताउनुभयो । एक करोड रुपैयाँ पु¥याउने गरी निर्माण गरिएको राम जानकी बालिका आश्रम अक्षय कोषमा हालसम्म ४० लाख रुपैयाँ पुगेको भन्दै उहाँले यस कोषको रकमबाट विभिन्न तीनवटा काम गरिने बताउनुभयो । कोषको ब्याजबाट आउने रकमले बालिकाहरुको विवाह गरिदिने, उच्च शिक्षाका लागि खर्च गर्ने तथा जटिल प्रकृतिका रोग लागेको अवस्थामा उनीहरुको उपचारमा खर्च गर्नेगरी कार्यविधि निर्माण भएको खनालले बताउनुभयो ।
हाल प्रतिष्ठानले आध्यात्मिक शिक्षा र आधुनिक शिक्षा प्रदान गर्दै आएको भन्दै आध्यात्मिक शिक्षातर्फ श्रीमद्भागत, कर्मकाण्ड, योगध्यान, भजन, बाल शिक्षा एवम् आधुनिक शिक्षातर्फ गीतसङ्गीत, नृत्य, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा सिकाउँदै आएको खनालको भनाइ छ । आश्रममा सबै जाति र समुदायका बालिकाहरु रहेर अध्ययन गरेका भन्दै समावेशी रुपमा भागवत वाचकसमेत बनेका बताउनुभयो । आश्रममा रहेका ६ जना बालिकाहरु ब्यासमा बसेर श्रीमद्भागवत्, देवी भागवत्, गीता, रामकथालगायत वाचन गर्न सक्षम भएका भन्दै उनीहरुले राष्ट्रिय रुपमा विभिन्न स्थानमा भागवत् वाचन गरेका खनालको भनाइ छ ।

यसैबीच, प्रतिष्ठानले शनिबार नै आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेन, सामाजिक लेखा परीक्षण तथा पब्लिक अडिट कार्यक्रम गरेको छ । कार्यक्रममा शिक्षाविद् एवम् वरिष्ठ साहित्यकार केदारनाथ खनाल, भूमि आयोग चितवनका पूर्व अध्यक्ष बद्रि तिमिल्सिना, गैरसरकारी संघसंस्था समन्वय तथा सामुदायिक परिचालन शाखा भरतपुरकी रक्ष्मी पौडेललगायतले मन्तव्य राख्नुभएको थियो । आश्रमकी जेठी छोरी सुनीता लोक कल्याणीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन उमा महेश्वरी स्मृति टण्डनले गर्नुभएको थियो । प्रतिष्ठानकी अध्यक्ष सावित्री टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बालिका आश्रम सञ्चालन समिति सदस्य सिर्जना पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो ।

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.