• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

लोक कल्याण सेवा प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभा


चितवन, २६ साउन । भरतपुर–१ देवघाटमा रहेको लोक कल्याण सेवा प्रतिष्ठान श्री राम जानकी बालिका आश्रमको १४औँ नियमित वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार देवघाटमा सम्पन्न वार्षिक साधारणसभाका क्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटाले प्रदेशले आश्रमलाई आवश्यक पर्ने ठाउँमा सहयोग गर्ने बताउनुभयो । बालिका आश्रम बसेको ठाउँको जग्गालाई वैधानिकता दिएर अगाडि बढेको अवस्थामा प्रदेशको बजेट आश्रमलाई दिने वैधानिक बाटो खुल्ने उहाँको भनाइ छ । विभिन्न योजनाहरु छुट्याउने क्रममा लालपुर्जा नभएको ठाउँमा परेका कारण ती योजनाहर रद्द भएको भन्दै आश्रमलाई जग्गा आफ्नो नाममा ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सावित्री टण्डनले आश्रममा हाल ३७ जना बालिकाहरु आश्रित रहेको बताउनुभयो । हाल कक्षा १ देखि शास्त्री (स्नातक)सम्म अध्ययन गर्ने बालिकाहरु आश्रममा रहेका टण्डनको भनाइ छ । बालिकाहरु आश्रममा आवासीयरुपमा बसेर अध्ययन गर्दै आएका छन् । कार्यक्रममा प्रतिष्ठानका महासचिव रामेश्वर खनालले सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठान आफैले गुरुकुल सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माण भइरहेको भन्दै खनालले पूर्वाधार तयार भएपछि कक्षा ६ बाट सञ्चालन गर्नेगरी गुरुकुल सञ्चालन गर्ने बताउनुभयो । एक करोड रुपैयाँ पु¥याउने गरी निर्माण गरिएको राम जानकी बालिका आश्रम अक्षय कोषमा हालसम्म ४० लाख रुपैयाँ पुगेको भन्दै उहाँले यस कोषको रकमबाट विभिन्न तीनवटा काम गरिने बताउनुभयो । कोषको ब्याजबाट आउने रकमले बालिकाहरुको विवाह गरिदिने, उच्च शिक्षाका लागि खर्च गर्ने तथा जटिल प्रकृतिका रोग लागेको अवस्थामा उनीहरुको उपचारमा खर्च गर्नेगरी कार्यविधि निर्माण भएको खनालले बताउनुभयो ।
हाल प्रतिष्ठानले आध्यात्मिक शिक्षा र आधुनिक शिक्षा प्रदान गर्दै आएको भन्दै आध्यात्मिक शिक्षातर्फ श्रीमद्भागत, कर्मकाण्ड, योगध्यान, भजन, बाल शिक्षा एवम् आधुनिक शिक्षातर्फ गीतसङ्गीत, नृत्य, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा सिकाउँदै आएको खनालको भनाइ छ । आश्रममा सबै जाति र समुदायका बालिकाहरु रहेर अध्ययन गरेका भन्दै समावेशी रुपमा भागवत वाचकसमेत बनेका बताउनुभयो । आश्रममा रहेका ६ जना बालिकाहरु ब्यासमा बसेर श्रीमद्भागवत्, देवी भागवत्, गीता, रामकथालगायत वाचन गर्न सक्षम भएका भन्दै उनीहरुले राष्ट्रिय रुपमा विभिन्न स्थानमा भागवत् वाचन गरेका खनालको भनाइ छ ।

यसैबीच, प्रतिष्ठानले शनिबार नै आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेन, सामाजिक लेखा परीक्षण तथा पब्लिक अडिट कार्यक्रम गरेको छ । कार्यक्रममा शिक्षाविद् एवम् वरिष्ठ साहित्यकार केदारनाथ खनाल, भूमि आयोग चितवनका पूर्व अध्यक्ष बद्रि तिमिल्सिना, गैरसरकारी संघसंस्था समन्वय तथा सामुदायिक परिचालन शाखा भरतपुरकी रक्ष्मी पौडेललगायतले मन्तव्य राख्नुभएको थियो । आश्रमकी जेठी छोरी सुनीता लोक कल्याणीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन उमा महेश्वरी स्मृति टण्डनले गर्नुभएको थियो । प्रतिष्ठानकी अध्यक्ष सावित्री टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बालिका आश्रम सञ्चालन समिति सदस्य सिर्जना पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो ।

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.