• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भरतपुर महानगरपालिकाको बजार अनुगमन, गलत गर्ने व्यवसायीलाई सचेत गराइयो

चितवन, १७ साउन । भरतपुर महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा सुरु गरिएको बजार अनुमगनलाई निरन्तरता दिइने भएको भएको छ ।
महानगरपालिकाले बुधबार भरतपुर–१० को दीपेन्द्रचोक, भरतपुर–१२ मुनालचोक, हाकिमचोकको हाटबजारमा बजार अनुमगन गरेको हो । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्तामाथि ठगी भइरहेको गुनासो आएपछि बजार अनुगमनलाई नियमित गरिएको बताउनुभयो । बजारमा हुने कालोबजारी, राजस्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरुमाथिको अनुगमन तथा निरीक्षण कार्यलाई भरतपुर महानगरपालिकाले तीव्रताका साथ अगाडि बढाएको उहाँको भनाइ छ ।

भरतपुर महानगपालिका उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखा प्रमुख ठानेश्वर सापकोटाले बुधबार अनुमगनका क्रममा भेटिएका म्याद नाघेका, सडेका, कुहिएका खाद्य पदार्थहरु नष्ट गरिएको बताउनुभयो । “हामीले माछा, मासु पसल, डेरी तथा हाटबजारमा अनुगमन गर्दा केही माछा तथा मासु पसलमा सडेको माछामासु बिक्री गरिएको पाइयो हाटबजारमा मिठाइ तथा फलफूल कुहिएको भेटिएको भेटियो” उहाँले भन्नुभयो, “खान नमिल्ने सामग्रीलाई व्यवसायी, अनुगमन समिति सदस्य, पत्रकारको रोहबरमा महानगर प्रहरीले नष्ट गरेको छ ।” पहिलोपटक गल्ती गर्ने व्यवसायीलाई सचेत बनाउँदै आगामी दिनमा गल्ती नदो¥याउने प्रतिबद्धता गराएर छोडिएको भन्दै पटकपटक गल्ती गरेमा कानुनअनुसार कारबाही गरिने सापकोटाको भनाइ छ ।

अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य बस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमाथि अनुगमन सुरु गरेको उहाँले बताउनुभयो । सापकोटाले अनुगमनका क्रममा भरतपुर–१० सिनर्जी चोकको न्यू क्वालिटी मिट सप्लायर्समा रहेको फ्रिजभित्र दुर्गन्ध आएको अवस्थामा मासु फेला पारिएको स्विट नेपाललाई बताउनुभयो । त्यस्तै, भरतपुर–१२ को मुनालचोकमा सञ्चालित नो नेम माछा पसलमा कुहिएको माछा भेटिएको उहाँको भनाइ थियो । कुहिएको माछा नष्ट गरी आगामी दिनमा गल्ती नदो¥याउन टोलीले सचेत गराएको छ ।
हाकिमचोकमा सञ्चालित हाटबजारमा बिक्रीका लागि राखिएको फलफूल सडेको भेटिएको मिठाइ पकाउने तेल पटक पटक प्रयोग गरेको, अखाद्य रङ मिसाएको भेटिएपछि हाटबजार व्यवस्थापन समितिका सदस्यहरुको रोहबरमा ती बस्तुहरु नष्ट गरिएको सापकोटाले बताउनुभयो । व्यवसायीहरुलाई मापदण्ड अनुसार आफ्नो व्यापार सञ्चाललन गर्न, मुल्यसूची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन, महानगरमा व्यवसाय दर्ता गराउन सचेत गराइएको सापकोटाले स्विट नेपालसँग बताउनुभयो । अनुगमनका क्रममा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य, महानगरपालिकाको कृषि, पशुपक्षी र मत्स्य महाशाखा प्रतिनिधि, स्वास्थ्य महाशाखाका प्रतिनिधि, नगर प्रहरी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
नेपालको संविधान २०७२ अनुसार सङ्घीय सरकारले उपभोक्ता संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न संसद्ले उपभोक्ता संरक्षण ऐन २०७५ बनाएको छ । यस ऐन कार्यान्वयनका लागि सरकारले २०७७ मा बजार अनुगमन कार्यविधि, तथा बजार अनुमगन निर्देशिका २०७९ जारी गरेको छ । बजार अनुगमन, निरीक्षण र अनुसन्धानको सिलसिलामा अपनाउनु पर्ने विधि, प्रक्रिया, कारबाही, आदेश एवं प्रशासकीय पुनरावलोकन तथा अभियोजन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६४ अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि निर्माण गरेको छ । त्यस्तै प्रदेश र स्थानीय सरकारले समेत बजार अनुगमन तथा नियन्त्रणका लागि ऐन र निर्देशिका बनाएर अनुमगनलाई व्यवस्थि तगर्दै आइरहेका छन् ।

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.