नवलपुर, ११ साउन । नवलपुरको गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको वेबसाइटमा राखिएको केबलकारको प्रचार हटाइएको छ । मन्दिरको वेबसाइटमा मन्दिरकै विषयवस्तु जस्तै गरी केबरलकारको विषयसूची राखेर केबलकारबारे जानकारी दिइएको विषयमा स्वीट नेपालबाट समाचार प्रकाशन भएपछि मन्दिरको साइटबाट प्रचार सामग्री हटाइएको हो ।
हामीले मौलाकालिका मन्दिरको वेबसाइट खोल्दा त्यहाँ निजी क्षेत्रको बारेमा राखिएको प्रचार सामग्री पाइएपछि धार्मिक सेवा समिति मौलाकाली मन्दिर व्यवस्थापन समितिका अधिकारीहरुसँग कुराकानी गरेर समाचार बनाएका थियौँ । मन्दिरको समितिलाई खबर नै नगरी राखिएको सामग्री हामीले प्रकाशन गरेको समाचारको केही घण्टामा नै हटेको छ । समाचार प्रकाशन भएपछि मन्दिरको वेबसाइटको विषयसूचीबाट केबलकार भन्ने सूचीमात्रै हटेको छैन त्यहाँ मन्दिरले केबलकारसँगको सहकार्यमा सुरुआत गरेको सन्ध्या आरतीको सूचनासमेत हटाइएको छ ।यो हेर्नुस् पुरानो र अहिलेको वेबसाइटको फोटो ।