• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

मौलाकालिका मन्दिरको वेबसाइटमा केबलकारको प्रचार, कसले गर्यो बदमासी ?

युवराज क्षेत्री, नवलपुर, ११ साउन । नवलपुरको गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरले मौलाकाली केबलकारको प्रचार सामग्री राखेको छ । मन्दिरको वेबसाइट जसले खोल्छ उसलाई लाग्छ सो वेबसाइट मन्दिरको हो वा केबलकार कसको हाे ।
मन्दिरकाे वेबसाइट खाेलेपछि वेबसाइट कसको हो भनेर सेवाग्राही नै झुक्किने अवस्था छ । मन्दिर एउटा धार्मिक संस्था हो तर, केबलकार आईएमई ग्रुपले चलाएको एउटा व्यवसाय हो । निजी व्यवसायलाई प्रोत्साहन हुने गरी धार्मिक संस्थाले विज्ञापन राख्नुमा कसको बदमासी होला ? यसैमाथि अहिले मन्दिर नै ओझेलमा पार्ने गरी माैलाकालीकाे डाँडामा होटल सञ्चालन गर्न लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।
मन्दिरको गृहपृष्ठ (होमपेज) खुल्नेवित्तिकै विभिन्न विषयसूचीहरु राखिएको छ । साइट खुलेपछि गृहपृष्ठ, हाम्रो बारेमा, सूचना, समाचार, कार्यक्रम बुकिङ तथा केबुलकार भन्ने विषयसूची राखिएको छ । केबुलकारमा क्लिक गरेपछि त्यहाँ केबलकारको सबै विवरण राखिएको छ । त्यहाँ टिकट शुल्क, पाउने छुट, केबलकार खुल्ने सबै राखिएको छ ।
मन्दिरको वेबसाइटमा मन्दिरको बारेमा कम तर निजी क्षेत्रको केबलकारकाे बारेमा अत्यधिक सूचना राखिएको छ । यसबारेमा धार्मिक सेवा समिति मौलाकाली मन्दिरका कार्यवाहक अध्यक्ष खगराज कँडेलले आफूलाई जानकारी नभएको बताए । ‘हामीले मन्दिरको बारेमा जानकारी दिनेगरी नयाँ वेबसाइट बनाएका छौँ’, उनले भने, ‘त्यहाँ मन्दिरका कुरामात्रै राख्न भनेका छौँ, निजी क्षेत्रको बारेमा राखिँदैन ।’ कार्यवाहक अध्यक्षको भनाइ र वेबसाइटमा भएको विवरण फरक देखिएको छ । (जुन हामीले स्क्रिनसट गरेर यहाँ राखेका छौँ ।)
केबलकारको विज्ञापन राखिएको मन्दिरको वेबसाइट मन्दिरले हालैमात्र सूचना जारी गरेर निर्माण गरेको वेबसाइट हो । यस वेबसाइट आभासले डिजाइन गरेको भनेर वेबसाइट बनाउने कम्पनीको बारेमासमेत राखिएको छ । सार्वजनिक संस्थाको साइटमा सरोकारवालालाई जानकारी नदिइ केबलकारको सूचना कसरी राखियो ? कि वेब साइट निर्माण कम्पनीले राख्यो अथवा मन्दिरका व्यक्तिले आफ्नो निहित स्वार्थ पूरा गर्न राखेका हुन् ? यस विषयमा थप जानकारी लिन  वेबसाइट निर्माण सम्बन्धी काम हेरेका धार्मिक सेवा समिति मौलाकाली मन्दिरका सदस्य राजेन्द्र गौडेललाई फोन गर्दा उनले फोन उठाएनन् ।

शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.