काठमाडौँ, साउन ६– श्रीलंकाको दम्बुलामा जारी महिला एशिया कपमा दोस्रो खेलमा पाकिस्तानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।
पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । आज नेपालले एक खेलाडी परिवर्तन गरेको छ । सबनम राइ आज बाहिरिएका छन् भने रोमा थापा टिममा परेकी छन् ।
नेपाल पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै एशिया कपमा ऐतिहासिक जित निकालेको थियो । आजको खेलमा नेपाल जित हात पारेमा सेमीफाइनल प्रवेश गर्नेछ ।