काठमाडौं – काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
पहिलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।
नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।
दोस्रो खेल सोमबार हुनेछ।
साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । भट्टको सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् ।
मैत्रीपूर्ण खेलको हाम्रो खेलकुद र कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्नेछन्।
नेपाली टोली:
अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।