काठमाण्डौँ, साउन ५- नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित गरेका छन्।
सभापति देउवाले कांग्रेस संसदीय दल विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनित गरेका हुन्।
यसअघि प्रमुख सचेतक रहेका रमेश लेखक गृहमन्त्री भएसँगै शनिबार प्रमुख सचेतक पदबाट राजीनामा दिएका थिए। घिमिरे सिन्धुली–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।