काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ ।
कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकालको सफलताका लागि शुभकामना दिए ।
सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति थियो । खेलकुद मन्त्री चौधरीले खेलकुदको विकास लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिदै सरोकारवाल सबैसंग छलफल गर्ने बताए ।
अध्यक्ष केसी र महासचिव बस्नेतले पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बू र सदस्य–सचिव घिसिङको अथक प्रयासबाट लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा सम्भव भएको जानकारी गराउदै कर्मचारी विनियमावली, आर्थिक विनियमावली र कर्मचारी संगठन, संरचना तथा व्यवस्थापन तत्काल स्वीकृतिका लागि प्रकृया अगाडि बढाउन अनुरोध गरेको संघले जनाएको छ।
नेपाली कांग्रेसका नेता चौधरी सोमबार युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए। खेलकुद मन्त्री राखेपका अध्यक्ष रहने व्यवस्था छ।