एजेन्सी – २०२४/२४ फुटबल सिजन अघिको प्रि-सिजन अन्तर्गत पहिलो खेलमा इंग्लिश टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । नर्वेमा भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली रोसेनबोर्ग विरुद्ध १-० ले पराजित भएको हो ।
सो गोल खेलको अन्तिम समयमा आएर थियो । नोआह होल्मले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोसेनबोर्गलै जित दिलाए ।
युनाइटेडका लागि मार्कस र्यासफोर्ड, क्यासेमिरो, मेसन माउन्ट, एरन वान बिसाका लगायत मुख्य खेलाडीहरु मैदानमा उत्रिएका थिए । युरो कप र कोपा अमेरिकाका लागि गएका खेलाडीहरु भने पछि प्रिसिजनमा सामेल हुनेछन् ।
युनाइटेडले सिजन सुरु हुने अघि थप चार मैत्रीपूर्ण खेल खेल्दैछ । जसमध्य आउँदो जुलाई २० मा स्कटिश टोली रेन्जर्स विरुद्ध भिड्नेछ । त्यसपछि युनाइटेडले आर्सनल, रियल बेटिस र लिभरपुल विरुद्ध खेल्नेछ ।
युनाइटेडको सिजनको औपचारिक सुरुवात अगस्ट १० मा म्यानचेस्टर सिटी विरुद्ध कम्युनिटी शिल्डका लागि खेल्दै हुनेछ । २७ अगस्ट मा फूलहम विरुद्ध खेल्दै युनाइटेडले प्रिमियर लिग सिजनको सुरुवात गर्नेछ ।