काठमाडौं – तेजुलाल चौधरी सोमबार युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्री मण्डलमा नेपाली कांग्रेसका सांसद चौधरीले खेलकुद मन्त्रीको जिम्मेवारी पाएका हुन् । युवा तथा खेलकुद मन्त्री राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष रहने व्यवस्था छ।
राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल तथा चौधरीसहित अन्य मन्त्रीहरुलाई सपथ ग्रहण गराएका थिए।
खेलकुद मन्त्री चौधरी सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट दोस्रो पटक निर्वाचित भएका थिए। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठ खेलकुद मन्त्री थिए।