• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीकी पत्नि नक्कली शैक्षिक प्रमाणपत्र मुद्धामा दोषी ठहर


काठमाडौं, असार २८- विशेष अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडरीकी पत्नी गीता सोडारीलाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ ।अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले करिब दुई वर्षअघिको मुद्दामा दोषी ठहर गरेको हो । बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट एकै तहका दुई वटा नक्कली शैक्षिक प्रमाणपत्र बनाई त्यसका आधारमा राहत शिक्षक नियुक्त भएको अभियोग सोडारीमाथि लगाइएको थियो ।

अदालतले सोडारीलाई भ्रष्टाचार निवारण ऐनको कसुरमा छ महिना कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदनको सुविधा पाउने छन् ।

सोडारीले नक्कली प्रमाणपत्रका आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–९ को शिव निम्न माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकको नियुक्ति लिनुभएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो । अख्तियारले २०७९ असोज ७ गते मुद्दा दायर गरेको थियो । योग्यता ढाँटेर झुटा विवरणका आधारमा राष्ट्र सेवकको ओहोदा प्राप्त गरेको अख्तियारको आरोप थियो ।

वादे दोषी ठहर

विशेष अदालतले बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश वादेलाई घुस लेनदेन मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले वादेलाई दोषी ठहर गरेको हो । असार ३१ गते वादेको सजाय निर्धारण हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

घरबाटो सिफारिस प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वादेविरुद्ध २०८० माघ २६ गते मुद्दा दायर गरेको थियो ।

अख्तियार टोलीले वादेलाई १५ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको थियो । घुस रकम लेनदेन भइसकेको अवस्थामा वादे पक्राउ पर्नुभएको थियो । भ्रष्टाचार निवारण ऐन अनुसार वादेलाई दुई वर्ष छ महिनादेखि चार वर्षसम्म सजाय हुन सक्ने छ ।

पाललाई छ महिना कैद

यस्तै विशेषले राष्ट्रपति चुरे संरक्षणका कार्यक्रमका अधिकृत प्रभात पाललाई घुस लेनदेनमा दोषी ठहर गरेको छ । अदालतले पाललाई छ महिना कैद र एक लाख २० हजार रुपियाँ जरिबाना तोकेको छ ।

कार्यक्रम अन्तर्गत कैलालीमा जलाधार व्यवस्थापन अधिकृतका रूपमा कार्यरत पाललाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । एक लाख २० हजार रुपियाँ घुससहित पव्रmाउ परेका पालविरुद्ध अख्तियारले वैशाख २८ गते मुद्दा दायर गरेको थियो ।

 

शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.