काठमाडौं, असार २७ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने घोषणा गरेका छन्। झापा-१ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै शर्माले यो निर्णय सुनाएका हुन्।
शर्माले भने, “दुई ठूला दल मिल्दा प्रतिपक्षको स्वर कमजोर हुने चिन्ता छ। यसैले प्रतिपक्षलाई बलियो राख्न म सरकारमा जान्नँ।”
कांग्रेसका पाँच प्रमुख पदाधिकारीमध्ये सरकारमा नजाने एकमात्र व्यक्ति शर्मा हुन्। उनको यो कदमले प्रतिपक्षको भूमिका र लोकतान्त्रिक शक्ति सन्तुलनको महत्त्वलाई उजागर गरेको छ।