Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

पाल्पाको बगनासकालीमा कांग्रेस-माओवादीका प्रतिनिधिद्वारा गाउँसभा बहिष्कार

२७ असार, पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले १६औं गाउँसभाको अन्तिम बैठक बहिष्कार गरेका छन् ।

कार्यपालिकाका तीन र १४ जना गाउँसभा सदस्यले सभाको बहिष्कार गरेका हुन् । अधिवेशनमा गाउँपालिका सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट नआएको उनीहरुको आरोप छ ।

संयुक्त विज्ञप्ति जारी गर्दै जनताका सरोकारका विषयबस्तुलाई उपेक्षा गरिएको, वडागत, विषयगत रुपमा विनियोजन बजेट न्यून भएको आरोप उनीहरुले लगाएका छन् ।

जनप्रतिनिधिलाई उपेक्षित गरी पार्टिगत रुपमा योजना छनोट गरी बजेट व्यवस्था गरेको, सरकार जनउत्तरदायीभन्दा विलाशितातर्फ उन्मुख रहेको, कार्यपालिकामा उठाइएका कुनै पनि प्रश्नको उत्तर सन्तोषजनक नभएको आरोप छ ।

सरकार दलगत स्वार्थ र कार्यकर्ताउन्मुख भएको, लेखा संयोजकले मागेका विविध शीर्षकमा गरिएको खर्चको विवरण उपलब्ध गराउँदा छलछाम गरिएको आरोप उनीहरुले सभामा दर्ता गरेको विरोधपत्रमा उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा असन्तुष्ट जनाउनेमा कांग्रेसका १६ र माओवादीका एक जना छन् । नौ वडा रहेको बगनासकालीमा ५२ सदस्यीय गाउँसभा छ ।

विनियोजन विधेयकमाथि छलफल गर्न राखिएको बैंठकमा शून्य समयमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थानेश्वर तिमिल्सेनाले आफ्ना कुरा राख्दा प्रवक्ता टीका थापाले बोल्न रोकेपछि सभा बहिष्कार गरेको बताए ।

कार्यपालिकामा छलफल नगरी रातारात एक करोड ७५ लाखका ७८ वटा योजना तयार गरेर बजेटमा समावेश गरेको मुख्य विषय भएको वडाध्यक्ष तिमिल्सेनाले बताए ।

लेखा समितिका संयोजक कृष्णप्रसाद बस्यालले लेखा समितिले हिसाब माग गर्दासमेत नदिई अपादर्शी ढंगले काम गरेको बताए ।

माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य कृष्ण भुसालले आफूखुसी गाउँसभा सञ्चालन गरेकाले बहिष्कार गर्नु परेको बताए ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले चित्त नबुझेमा संशोधन हाल्न सकिने व्यवस्था हुँदाहुँदै उठेर हिडेको बताइन् ।

छलफलका लागि समय दिने भन्दाभन्दै उठेर हिंडेको उनको भनाइ छ । ‘प्रस्ताव गरेको मात्र थियौं, पास भइसकेको थिएन । छलफल गर्न सकिन्थ्यो,’ उनले भनिन् ।

आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्न अन्तिम सभा राखेको उनले बताइन् ।

बिहिबार, असार २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.