• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

पाल्पाको बगनासकालीमा कांग्रेस-माओवादीका प्रतिनिधिद्वारा गाउँसभा बहिष्कार

२७ असार, पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले १६औं गाउँसभाको अन्तिम बैठक बहिष्कार गरेका छन् ।

कार्यपालिकाका तीन र १४ जना गाउँसभा सदस्यले सभाको बहिष्कार गरेका हुन् । अधिवेशनमा गाउँपालिका सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट नआएको उनीहरुको आरोप छ ।

संयुक्त विज्ञप्ति जारी गर्दै जनताका सरोकारका विषयबस्तुलाई उपेक्षा गरिएको, वडागत, विषयगत रुपमा विनियोजन बजेट न्यून भएको आरोप उनीहरुले लगाएका छन् ।

जनप्रतिनिधिलाई उपेक्षित गरी पार्टिगत रुपमा योजना छनोट गरी बजेट व्यवस्था गरेको, सरकार जनउत्तरदायीभन्दा विलाशितातर्फ उन्मुख रहेको, कार्यपालिकामा उठाइएका कुनै पनि प्रश्नको उत्तर सन्तोषजनक नभएको आरोप छ ।

सरकार दलगत स्वार्थ र कार्यकर्ताउन्मुख भएको, लेखा संयोजकले मागेका विविध शीर्षकमा गरिएको खर्चको विवरण उपलब्ध गराउँदा छलछाम गरिएको आरोप उनीहरुले सभामा दर्ता गरेको विरोधपत्रमा उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा असन्तुष्ट जनाउनेमा कांग्रेसका १६ र माओवादीका एक जना छन् । नौ वडा रहेको बगनासकालीमा ५२ सदस्यीय गाउँसभा छ ।

विनियोजन विधेयकमाथि छलफल गर्न राखिएको बैंठकमा शून्य समयमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थानेश्वर तिमिल्सेनाले आफ्ना कुरा राख्दा प्रवक्ता टीका थापाले बोल्न रोकेपछि सभा बहिष्कार गरेको बताए ।

कार्यपालिकामा छलफल नगरी रातारात एक करोड ७५ लाखका ७८ वटा योजना तयार गरेर बजेटमा समावेश गरेको मुख्य विषय भएको वडाध्यक्ष तिमिल्सेनाले बताए ।

लेखा समितिका संयोजक कृष्णप्रसाद बस्यालले लेखा समितिले हिसाब माग गर्दासमेत नदिई अपादर्शी ढंगले काम गरेको बताए ।

माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य कृष्ण भुसालले आफूखुसी गाउँसभा सञ्चालन गरेकाले बहिष्कार गर्नु परेको बताए ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले चित्त नबुझेमा संशोधन हाल्न सकिने व्यवस्था हुँदाहुँदै उठेर हिडेको बताइन् ।

छलफलका लागि समय दिने भन्दाभन्दै उठेर हिंडेको उनको भनाइ छ । ‘प्रस्ताव गरेको मात्र थियौं, पास भइसकेको थिएन । छलफल गर्न सकिन्थ्यो,’ उनले भनिन् ।

आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्न अन्तिम सभा राखेको उनले बताइन् ।

बिहिबार, असार २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.