• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

अर्थमन्त्रीमा एमालेबाट विष्णु पौडेलको सम्भावना

२६ असार, काठमाडौं । कांग्रेसको समर्थनमा बन्न लागेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा को को जाँदैछन् भन्ने टुंगो लागिनसके पनि दुवै पार्टीमा यसबारे चर्चा बाक्लिएको छ ।

एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल जाने पक्का रहेको पार्टी उच्च नेतृत्वले जानकारी दियो ।

चुनाव जितेको सांसद हुनुपर्ने, अनि अहिले देखिएको संकट टार्न भूमिका खेल्न सक्ने नेता नै मन्त्री बन्ने मापदण्ड बनाएको अवस्थामा एमालेबाट पौडेल निर्विकल्प रहेको पार्टी स्रोतले बतायो ।

पार्टीले व्यक्तिका बारेमा औपचारिक निर्णय भने गरेको छैन । यद्यपि अध्यक्ष केपी ओलीले आफ्नो अनौपचारिक तयारी र परामर्श गरिरहेका छन् ।

पौडेललाई यसअघि एमाले–माओवादी गठबन्धनमा पठाउन खोजिए पनि उनी तयार भएका थिएनन् । यसअघि ओलीकै मन्त्रिपरिषद्मा ०७७ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए । ०७९ को आम चुनावलगत्तै प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा उनी फेरि अर्थमन्त्री थिए । कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै उनी ६४ दिनमै बाहिरिएका थिए ।

‘सचिवालय बैठकले मन्त्री बन्ने मापदण्ड र प्राथमिकताबारे धारणा बनाएको छ’, एक पदाधिकारीले भने, ‘चुनाव जितेर सांसद भएका, अनि सरकारमा गएर राष्ट्रिय संकटका बेला पर्फमेन्स गर्न सक्ने व्यक्तिकै खोजी भइरहेको छ । अर्थमन्त्रीमा विष्णुजीको नाम आवश्यक र स्वभाविक दुवै हो भनेर पार्टीमा कुरा भएको छ ।’

उपाध्यक्ष पौडेलले भने आफू अर्थमन्त्री बन्ने कुरा थाहा नभएको बताए । ‘कतै चर्चा या आकलन भएको होला, तर मलाई थाहा भएन’, उनले भने, ‘अहिलेसम्म एमालेबाट एउटै मन्त्री पक्का हो, प्रधानमन्त्री । बाँकी समय आएपछि थाहा भइहाल्छ ।’

एमालेबाट अर्थमन्त्री बन्न सक्ने सम्भावित पात्रमा महासचिव शंकर पोखरेल, नेता सुरेन्द्र पाण्डे लगायत भए पनि उनीहरु संसद सदस्य नरहेकाले पौडेल निर्विकल्पजस्तै बन्न गएका हुन् । प्रचण्डको मन्त्रिपरिषद्‍मा एमालेले कम अनुभव र एक्सपोजर भएका पात्रहरु पठाए पनि यसपल्ट त्यसो नगर्ने संकेत गरेको छ । ‘अनुभवी र परिस्थिति झेल्न सक्ने, परिणाम दिन सक्ने पात्र नै जान्छ, कुनै कमजोरी गर्दैनौं’, ती नेताले भने ।

एमाले कार्यालयभित्र विभिन्न केन्द्रीय विभागहरुले आफ्नो भागमा सम्बन्धित मन्त्रालय पार्न लबिइङ बढाएका छन् । बुधबार बैठक राख्दै स्वास्थ्य विभागले एमालेको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पर्नुपर्ने भन्दै नेताहरुलाई अपिल गरेको थियो । अरु विभाग र व्यक्तिहरुले पनि नेतृत्वसँग दबाब बढाउन थालेको पार्टीस्रोतले बतायो ।

बुधबार, असार २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.