चितवन, असार २५- चितवनको भरतपुरमा एसीसीए कोर्स सुरु भएको छ । एम्स चितवनले भरतपुरको हाकिमचोकमा एसीसीए कोर्स सञ्चालनमा ल्याएको हो।नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले यस्ता जनशक्ति परिपूर्तिमा सघाउ पुर्याउने उद्देश्यले चितवनमा पनि यो कोर्स सुरु गरिएको संस्थाका निर्देशक रामबहादुर कुँवरले बताए । हाल यहाँ पहिलो ब्याचका विद्यार्थीहरुले कक्षा लिइरहेका छन् ।
केही समय यता एसीसीए कोर्षप्रति युवाहरुको आकर्षण बढ्दै गइरहेको छ भने यसैलाई पेशा बनाउनेको संख्या पनि बढ्दै गइरहेको छ ।