काठमाडौं, असार २३- हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कलाकार गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ढकाल गजुरेलकी पूर्वपत्नी हुन् ।




