काठमाडौँ, असार २१– नेपाल क्रिकेट संघले फ्रेन्चाईज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो मंसिरमा गर्ने भएको छ । बिहीबार काठमाडौँमा बसेको बोर्ड बैठकले आउँदो नोभेम्बर, डिसेम्बर अर्थात मंसिर महिनामा एनपिएल गर्ने निर्णय गरेको संघका सचिव पारस खड्काले जानकारी दिए ।
संघले यसअघि नेपाल टी–२० लिग आयोजना गरेको थियो । उक्त प्रतियोगिता निकै विवादित बन्न पुगेको थियो । सो प्रतियोगितामा खेलाडीमाथि स्पट फिक्सिङको आरोप लाग्यो भने प्रतियोगिता आयोजनाको अधिकार पाएको भारतीय कम्पनीका संचालक नै फरार भएका थिए । यसपटक नाम परिवर्तन गर्दै पुनः प्रतियोगिताको आयोजना गर्ने तयारी गरिएको हो ।