काठमाडौँं, असार १८-काठमाडाैं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)ले वर्तमान सत्ता समिकरण परिवर्तन भएपछि सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।
एमाले नेताहरु गिरिबन्धु टि स्टेट र कांग्रेस नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै आलोचना हुँदै आएको छ । सोहि विषयमाथि बालेनले व्यङ्ग्य गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनाउनका लागि एमाले र कांग्रेस बीच सहमति भएको छ ।