• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

“गैंडाकोटमा जेष्ठ नागरिकको सम्मान: समाजका गहनाहरूलाई मह र मायाको उपहार”

गैंडाकोट, जेठ ३२ । मातृ भुमी टोल बिकास संस्था गैंडाकोट नगरपालिका वडा नम्बर ५ ले जेष्ठ नागरिक सम्मान कार्यक्रम २०८१ सम्पन्न गरेको छ। “जेष्ठ नागरिक समाजका गहना हुन, सम्मानित वातावरण सिर्जनामा थप पहल गरौं” भन्ने मूल नाराका साथ यो कार्यक्रम सम्पन्न भएको हो।

शुक्रबार गैंडाकोट स्वास्थ्य चौकी परिसरमा आयोजित यस कार्यक्रममा वडा भित्रका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको अध्यक्षता मातृ भुमी टोल बिकास संस्थाका अध्यक्ष ईश्वर प्रसाद घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रत्न प्रसाद सापकोटा , विशिष्ट अतिथिमा कार्यपालिका सदस्य शान्ति न्यौपाने र जेष्ठ नागरिक कल्याणकारी परिसद गैंडाकोटका अध्यक्ष मुक्तनाथ न्यौपाने रहनुभएको थियो ।।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडाध्यक्ष रत्न प्रसाद सापकोटाले जेष्ठ नागरिकहरूको योगदानको महत्व र उनीहरूप्रति समाजको दायित्वबारे जोड दिनु भएको थियो । उहाले, “हाम्रा जेष्ठ नागरिकहरू हाम्रो समाजका मूल्यवान सम्पत्ति रहेको र हामीहरुले  उहाँ हरुकोको अनुभव र ज्ञानबाट धेरै सिक्नुपर्ने बताउनुभयो । मातृ भुमी टोल बिकास संस्थाका अध्यक्ष ईश्वर प्रसाद घिमिरेले कार्यक्रमको उद्देश्य बताउँदै , “यो कार्यक्रम जेष्ठ नागरिकहरूप्रति कृतज्ञता व्यक्त गर्ने र उनीहरूको सम्मान गर्ने एउटा साना प्रयास रहेको बताउनु भयो । पछिल्लो समय घर-परिवारमा ज्येष्ठ नागरिक एक्लै हुनुपर्ने परिस्थिति भएको हुँदा उनीहरुलाइ एक्लो पनको महसुस हुन नदिन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको बताउनुभयो । जेष्ठ नागरिक संघ गैंडाकोटका अध्यक्ष मुक्तनाथ न्यौपानेले जेष्ठ नागरिकहरूको अधिकार र सम्मानको पक्षमा आवाज उठाउनु भयो । उहाले , “हाम्रो समाजमा जेष्ठ नागरिकहरूको महत्वपूर्ण भूमिका रहेको र उनीहरूको अनुभव र बुद्धिमत्ता हाम्रो समाजको विकासका लागि अत्यन्त महत्वपूर्ण रहने बताउनु भयो । हामीले उनीहरूको सम्मान गर्नुका साथै उनीहरूको ज्ञान र सीपको उपयोग गर्न सक्नुपर्छ।”

कार्यक्रममा वडा भित्रका सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका नागरिकहरूलाई एक-एक बट्टा मह दिएर सम्मान गरिएको थियो। यो सानो तर अर्थपूर्ण उपहारले जेष्ठ नागरिकहरूप्रति समाजको सम्मान र कदरको प्रतीक बनेको छ।

संस्थापक अध्यक्ष एकनाथ रिजाल, सल्लाहकारहरू केशवप्रसाद सापकोटा, गोविन्द रिमाल, इन्द्रराज पौडेललगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

यस कार्यक्रमले स्थानीय समुदायमा जेष्ठ नागरिकहरूप्रतिको सम्मान र हेरचाहको भावना जागृत गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता कार्यक्रमहरूले समाजमा जेष्ठ नागरिकहरूको महत्व र उनीहरूप्रतिको दायित्वबोध बढाउन मद्दत पुर्याउँछन्। आयोजकहरूले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.