• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

गैंडाकोट नगरपालिकाद्वारा किसानलाई चारा मेसिन तथा बीउ रागो वितरण

गैंडाकोट // गैंडाकोट नगरपालिकाको पशु सेवा शाखाले ६५% अनुदानमा चारा मेसिन तथा बीउ रागो वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको ६५% अनुदान र कृषकहरूको ३५% लागतमा गैंडाकोट वडा नं. ८ मा रहेको गैंडाकोट नमुना भैंसी पालक कृषि समूहका २ जना सदस्यलाई बीउ रागो र ९ जना सदस्यलाई चारा मेसिन वितरण गरिएको हो।

सोमबार कृषि उपज केन्द्रमा आयोजित एक कार्यक्रममा गैंडाकोट नगरप्रमुख मदन भक्त अधिकारीले उक्त समग्रीहरू वितरण गर्नुभयो। गैंडाकोट नमुना भैंसी पालक कृषि समूहका अध्यक्ष राम बन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगरप्रमुख मदन भक्त अधिकारी र विशिष्ट अतिथिको रूपमा वडा नं. ८ का वडाअध्यक्ष प्रेम प्रसाद सापकोटा, पशु सेवा शाखा प्रमुख डा. प्रमोद पौडेल लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले गैंडाकोट कृषिकर्मका लागि उपयुक्त रहेको र यहाँका किसानहरूको हौसला बढाउन यस्ता कार्यक्रम राखिएको बताउनुभयो। उहाँले समग्र नगरपालिकाको विकासमा कृषिले अतुलनीय योगदान पुर्याउने बताउँदै आगामी दिनमा पनि यस्तै कार्यक्रम आयोजना गर्न पशु सेवा शाखालाई आग्रह गर्नुभयो।

त्यसैगरी, वडा नं. ८ का वडाअध्यक्ष प्रेम सापकोटाले वडाभित्र धेरै किसानहरूले भैंसीपालन गरेको तर प्राकृतिक गर्भधारणभन्दा पनि कृत्रिम गर्भधारण गर्ने गरेकाले आफूहरूले सौलियतमा बीउ रागो वितरण गरेको बताउनुभयो। उहाँले यस्ता कामले दीर्घकालीन रूपमा सहयोग गर्ने बताउनुभयो।

पशु सेवा शाखा प्रमुख डा. प्रमोद पौडेलले किसानहरूको मागबमोजिम आफूहरूले सहुलियतमा चारा मेसिन तथा बीउ रागो वितरण गरेको बताउनुभयो। कार्यक्रममा समूहका अध्यक्ष राम बन्धु पौडेलले किसानलाई कामसँग सहयोग पुर्याउने चारा मेसिन र भैंसीको प्राकृतिक गर्भधारणमा सहयोग गर्ने बीउ रागो आफ्नो समूहलाई प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सबै मिलेर थप काम गर्न सकिने बताउनुभयो। कार्यक्रमको सहजीकरण तिलक प्रसाद कंडेलले गर्नुभएको थियो।

गैंडाकोट नगरपालिकाको यस महत्वपूर्ण कार्यक्रमले स्थानीय किसानहरूलाई भैंसीपालन व्यवसायमा प्रोत्साहित गर्नुका साथै उनीहरूको आय आर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। चारा मेसिन र बीउ रागोको वितरणले किसानहरूको लागत कम हुनुका साथै उत्पादन बढ्ने विश्वास गरिएको छ। यसबाट गैंडाकोटको पशुपालन व्यवसाय अझ विकसित हुनेछ भन्ने आशा गरिएको छ।

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.