• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

चितवनमा जेठ १३ देखि पोलियो विरुद्धको खोप लगाईंदै


चितवन । यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम अन्तर्गत चितवनका ३६ हजार सात सय १४ बालबालिकालाई आइपिभी खोप लगाउने तयारी गरिएको छ ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई यही जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रमअन्तर्गत चितवनमा पनि खोप कार्यक्रम तय गरिएको हो ।

चितवनका सातै पालिकामा पोलियो विरुद्धको खोप लगाउने तयारी गरिएको आज स्वास्थ्य कार्यालय चितवनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

खोप कार्यक्रमका संयोजक जयराम दुवाडीले भरतपुर महानगरपालिकामा १९हजार २९४ जना, रत्ननगरनगरपालिकामा ४हजार ३६९, राप्तीमा ३हजार ८५३,कालिकामा २हजार३३४, खैरहनीमा ३ हजार २६१,माडीमा २ हजार १२९ र ईच्छाकामनामा १ हजार ४७४ जनालाई खोप लगाउने तयारी गरिएको जानकारी दिनुभयो ।

उहांँका अनुसार खोप कार्यक्रम सम्पन्न गर्न सबै पालिकामा गरी ५१० खोप केन्द्र, ४१२ जना स्वास्थ्यकर्मी, ७२३ जना स्वयंसेवक परिचालन गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्धारित कार्यक्रमअन्तर्गत जिल्लाका सातवटै स्थानीय तहमा एकैसाथ खोप कार्यक्रम शुरु गर्ने गरी तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।

“विसं २०७३ वैशाखदेखि विसं २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन, सरकारले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो”, उहाँले भन्नुभयो, “यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन । दोहोरिएमा पनि फरक पर्देन ।’

कार्यालयका अनुसार जेठ १३ देखि १८ गते रत्ननगरपालिकामा , माडी , खैरहनी र राप्ती नगरपालिकामा जेठ १६ गतेदेखि १८ गतेसम्म, कालिकामा जेठ १३ देखि १६ गतेसम्म, ईच्छाकामनामा जेठ १४ देखि २० गतेसम्म र भरतपुरमा जेठ १३ गतेदेखि २२ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने उहांँले जानकारी दिनुभयो ।

नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना रहेको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मको अवधिमा देशभर गरी छुटेका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको हो ।

पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात तथा मृत्यु हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।

सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.