• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

नव जागरण ग्रामीण विकास केन्द्रको प्याराफिड भवन शिलान्यास: खेलकुद क्षेत्रलाई नयाँ गन्तव्य दिने लक्ष्य

गैंडाकोट // गैंडाकोट नगरपालिका वडा नं. ९ थुम्सीस्थित नव जागरण ग्रामीण विकास केन्द्रको प्याराफिड भवन निर्माणको शिलान्यास नयाँ वर्षको शुभमुहूर्तमा गरिएको छ। वि.सं. २०६९ मा स्थापना भएको यस केन्द्रले स्थानीय तथा राष्ट्रिय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

शिलान्यास समारोहको प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले खेलकुदको विकासबिना समग्र राष्ट्रिय विकास सम्भव नरहेको बताउँदै यस केन्द्रद्वारा निर्माण हुन लागेको प्याराफिड भवनले स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुख अधिकारीले केन्द्रलाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ती कोइरालाले नव जागरण केन्द्रले खेलकुद क्षेत्रको विकासमा गरेको योगदानको प्रशंसा गर्दै यस्ता संस्थालाई नगरपालिकाले सम्भव भएसम्म सहयोग गर्ने बताउनुभयो। उहाँले खेलकुदलाई जीवनशैली बनाउनु नै राष्ट्रिय विकासको आधार हुने तर्क गर्नुभयो।

वडा नम्बर ९ का वडाअध्यक्ष धमनाथ सापकोटाले स्थानीय तथा राष्ट्रिय खेलाडी उत्पादन गर्न नव जागरण केन्द्रले खेल्ने भूमिकालाई सराहना गर्दै केन्द्रको प्याराफिड भवन निर्माणले खेलकुदलाई पुनः गतिशील बनाउने बताउनुभयो। उहाँले वडा र नगरपालिकाले पनि खेलकुद क्षेत्रको विकासका लागि विशेष बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो।

केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले प्याराफिड भवन निर्माणको लागि लामो समयदेखि कोसिस गरिरहेको र आज सो सपना साकार भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको आवश्यकता रहेको बताउनुभयो।

समारोहमा गैंडाकोट नगरपालिकाका नगर-प्रमुख मधन भक्त अधिकारी , नगर उप-प्रमुख शान्ती कोइराला , गैंडाकोट ९ का वडा अध्यक्ष धाम नाथ सापकोटा , गैंडाकोट २ का अध्यक्ष प्रकाश सापकोटा , गैंडाकोट ७ का वडा अध्यक्ष होम नाथ सापकोटा , गैंडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटा , केन्द्रका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।

शिलान्यास समारोहपश्चात् नव जागरण ग्रामीण विकास केन्द्रले प्याराफिड भवन निर्माणको काम तिव्र गतिमा अघि बढाउने तयारी गरेको छ। स्रोतको अभावमा प्रभावित नहोस् भन्ने उद्देश्यले केन्द्रले यस काममा विभिन्न निकाय तथा दातृनिकायहरुसँग समेत सहयोग माग गर्ने योजना बनाएको छ।

शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.