• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

मानव बेचबिखनविरुद्ध एकजुट हुनुपर्नेमा जोड

चितवन, २५ चैत । पछिल्लो समय मानव बेचबिखनको घटनामा वृद्धि भइरहेको भन्दै यसको नियन्त्रणमा एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । माइती नेपालको ३२औँ स्थापना दिवसको अवसर पारेर आइतबार भरतपुरमा आयोजना गरिएको मानव बेचबिखन नियन्त्रण सम्बन्धी अन्तरसम्वाद कार्यक्रममा कुनै एकपक्षको प्रयासले मात्रै मानव बेचबिखन रोक्न नसकिनेमा जोड दिइएको छ ।
कार्यक्रममा माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले गरिबी, अशिक्षा र घरेलु हिंसाका कारण मानव बेचबिखनका घटनामा वृद्धि भएको बताए । वैदेशिक रोजगारका प्रलोभनमा पारेर समेत तस्करहरुले मानव बेचबिखन गर्दै आएका भन्दै गिरीले यसको रोकथामका लागि राज्य सचेत हुनुपर्ने बताए । आर्थिक अवस्था कमजोर भएको परिवारका सदस्यहरु बढी बेचबिखन हुने गरेको तथ्य पाइएकाले समुदायमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा गिरीले जोड दिए ।
पारीपारिक विचलन तथा बाल विवाहका कारण समेत मानव बेचबिखनका घटना भएको पाइएको गिरीको भनाइ छ । माइती नेपालले मानव बेचबिखन तथा ओसारपसारको विरुद्धमा काम गर्दै आइरहेको भन्दै उद्धार गरिएका व्यक्तिलाई पारीवारिक पुनर्मिलन तथा रोजगारमूलक तालिम प्रदान गर्दै आएको गिरीले बताए । कार्यक्रममा उनले माइती नेपाल स्थापनादेखि हालसम्मको अवस्थाको बारेमा जानकारी गराउँदै अहिले माइती नेपालका १६ वटा बचावट केन्द्र, दुइटा पुनस्र्थापना केन्द्र, दुइटा स्नेहगृह, उद्धार गरिएका बालबालिका अध्ययन गराउने विद्यालय र बाल संरक्षण गृह एक÷एकवटा सञ्चालन गरेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक रीमा विश्वकर्माले पछिल्लो समय नेपाल मानव बेचबिखनको ‘ट्रन्जिट’ बनेको बताइन् । ‘पहिला नेपालबाट मानव बेचबिखनका घटना हुने गरेको थियो’ उनले भनिन्, ‘अहिले त विदेशीहरुलाई नेपालमा ल्याएर यौन व्यवसाय सञ्चालन गरेको पाइयो ।’ मानव बेचबिखनका विरुद्धमा नेपाल प्रहरीले अनुसन्धान तथा कारबाही गर्दै आएको भन्दै उनले गैरकानुनी रुपमा अङ्ग निकाल्ने र यौनजन्य क्रियाकलापमा संलग्न गराउनका लागि मानव बेचबिखन हुने गरेको बताइन् ।
वैदेशिक रोजगारको प्रलोभनमा पारेर गरिब तथा पछाडि परेका समुदायका महिलाहरुलाई भारतबाट तेस्रो मुलुक पुर्‍याएर बेचबिखन गर्ने गरिएको घटना धेरै हुने गरेको भन्दै त्रिभुवन विमानस्थल बाहेकको बाटो भएर वैदेशिक रोजगारमा नजान उनले आग्रह गरिन् । समुदायमा शिक्षा र चेतना पुग्न नसक्दा आफन्तबाटै मानव बेचबिखनको घटनाहरु हुने गरेको उनको भनाइ छ । सो छलफलका क्रममा भरतपुर महानगरपालिका गैरसरकारी सङ्घसंस्था तथा समन्वय एकाइकी कार्यक्रम अधिकृत पञ्चमाया तामाङले विकासको लहरसँगै चेतनाको लहर ल्याउन नसक्दा समाजमा विकृति बढेको बताइन् ।
सबै सङ्घसंस्थालाई समेटेर मानव बेचबिखन तथा ओसारपसार विरुद्ध समिति गठन गरेर अगाडि बढ्नुपर्ने भन्दै कार्यविधि बनाउनका लागि महानगरपालिकाले प्रयास गरिरहेको तामाङको भनाइ छ । सामरी उत्थान सेवाले निर्माण गरेको ‘मानव बेचबिखन तथा ओसारपसार विरुद्ध समिति (गठन तथा परिचालन) सम्बन्धी निर्देशिका–२०८०’ को मस्यौदासमेत कार्यक्रममार्फत तामाङलाई प्रदान गरिएको थियो । त्यस्तै मनोरञ्जनको क्षेत्रमा आबद्ध श्रमिकहरुको संस्था अहिचान नेपालको तर्फबाट आयुष्मा केसीले आफूहरुको अधिकारका लागि आवाज उठाउँदा रोजीरोटी नै गुम्ने खतरा रहेको बताइन् ।
रोदीघरमा गीत गाउने कलाकारहरुले निर्धारित समयभन्दा बढी काम गर्दा अतिरिक्त पारिश्रमिक प्रदान नगरिने तर कुनै दिन केही ढिला पुग्दा जागिरबाटै हात धुनुपर्ने अवस्था रहेको केसीले गुनासो गरिन् । केसीकाअनुसार पछिल्लो समय मनोरञ्जको क्षेत्रमा आबद्ध श्रमिकहरु एकजुट भएर आफ्ना हकअधिकारका विषयमा आवाज उठाउन लागेका छन् । माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो भरोसा संस्थाकी सिन्धु ढकालले स्वागत गरेकी थिइन् ।

आइतबार, चैत २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.