गैंडाकोट // नेपाल दलित समाज गैंडाकोट (१०-१३) को नयाँ नेतृत्व चयन भएको छ । लक्ष्मण बस्याललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ भने ज्ञानु परियार, बबिता परियार, बिष्णु नेपाली र दिपक बि.क. क्रमशः उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा निर्वाचित भएका छन्। सरस्वती परियार, तिलमाया परियार, याम बाहादुर बि.क, मिना नेपाली, मनकुमारी बि.क. र चित्र बि.क. समेत सदस्यहरुमा परेका छन्।
नेपाल दलित समाज गैंडाकोटले दलित समुदायको उत्थान र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जीविकोपार्जन, वातावरण संरक्षण, महिला सशक्तिकरण, शिक्षाका क्षेत्रमा यो संस्था सक्रिय रहेको छ। स्थानीय सरकारसँग समन्वय गरी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूको सहयोगमा यसले विभिन्न पालिकाहरूमा आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
दलित समुदायको उत्थान र विकासका लागि गठन भएको यो संस्थाले आफ्ना कार्यक्रमहरू माध्यमबाट दलित समाजलाई आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा सशक्त बनाउन प्रयास गरिरहेको छ। जातीय विभेद र छुवाछुतलगायतका समस्याहरूको समाधानका लागि पनि यसले विभिन्न कार्यक्रमहरू गरिरहेको छ। दलित समुदायलाई आत्मनिर्भर र सम्मानित बनाउनु यसको मुख्य लक्ष्य रहेको छ।
नेपाल दलित समाज गैंडाकोटले विगतदेखि नै दलित समुदायको सशक्तीकरण र उत्थानका लागि ठोस पहल गर्दै आएको छ। यसैक्रममा हालै गरिएको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनले पनि नयाँ नेतृत्व चयन गरेको छ। नयाँ नेतृत्वले अहिलेसम्मको कार्यलाई निरन्तरता दिँदै दलित समुदायको विकासका लागि थप प्रभावकारी कार्यक्रमहरू ल्याउने अपेक्षा गरिएको छ।