• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

भरतपुर भ्रमण वर्ष २०२४ : दुर्लभ पाटे बाघ सहजै देख्न पाइने व्यवस्था


चितवन । भरतपुरमा दुर्लभ मानिएको पाटे बाघ सहजै देख्न पाइने भएको छ । बुधबारदेखि भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको छ ।

बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी २ वटा पाटे बाघलाई राखिएको छ । थोरै समयमा बाघ हेर्न चाहाने पर्यटकका खुसीको विषय हो । केन्द्रमा उद्धार गरी राखिएको दुई भाले ‘नरभक्षी बाघ’ छन् । केन्द्र भरतपुरको पर्यटनको मुख्य आर्कषण बन्न सक्छ । भरतपुर भ्रमण वर्षको अवसर पारेर महानगरले नयाँ गन्तव्यका रुपमा दियालो बंगला र उद्धार केन्द्र सर्वसाधरणलाई खुला गरिएको हो ।
टिकौली ढाटबाट बीस हजारी ताल जाने सडक हुँदै करिब ९ किमी दक्षिणतर्फ केन्द्र पर्छ । वन्यजन्तु उद्धार केन्द्रको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो। केन्द्रको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पुराउने बताउनुभयो ।

‘यो उद्धार केन्द्रले पर्यापर्यटनको विकास गर्न सघाउनेछ । यसको व्यवस्थापनमा महानगरले हातेमालो गर्छ,’ दाहालले भन्नुभयो, ‘निकुञ्जलाई थुनेर राख्दा आहारा व्यवस्थापनमा गाह्रो भइरहेको थियो। अब टिकट शुल्क लिएर पर्यटकलाई हेर्ने व्यवस्था मिलाएपछि त्यो समस्या हुँदैन।’
चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुईवटा बाघहरु यहाँ राखिएको जानकारी दिनुभयो । ती बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो।

हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्ती पीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो। अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो। यो बाघ अहिले अन्दाजी १४ वर्षको छ। यी दुबैलाई मान्छेमाथि आक्रमण गर्न पल्किएपछि समातेर थुनिएको थियो।

‘मान्छेमाथि आक्रमण गरेर समस्या निम्त्याएका बाघहरु नियन्त्रणमा लिएर निकुञ्जका खोरहरुमा थुन्ने गरिएको थियो। तर उनीहरुलाई खुवाएर पाल्न बजेटको समस्या हुँदै आएको थियो,’ तिवारीले भने, ‘निश्चित शुल्क लिएर पर्यटकका लागि खुल्ला गर्दा खानाको समस्या हुँदैन। भरतपुर भ्रमण वर्षका लागि पनि टेवा पुग्छ भनेर यता सारेका हौं।’

चितवन निकुञ्जसँग कसरामा चार र सौराहामा दुईवटा बाघ राख्नसक्ने क्षमता थियो। ‘यो निकुञ्जकामात्रै नभएर आवश्यक पर्दा बाहिरका समस्याग्रस्त बाघ, अन्य वन्यजन्तुको पनि उद्धार गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुङगनाले मन्तव्य राख्नुभएको थियो ।

बुधबार, चैत १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.