काठमाडौं, चैत ८- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई तोकेको जरिवाना बदर भएको छ । आयोगले ४ सांसदलाई तोकेको जरिवाना बदर गरेको हो ।
आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो ।