• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि बन्दा डिआरएससंग भेट्न पाइने

चितवन, चैत ३– पब्जी खेल युवापुस्ता माझ निकै नै लोकप्रिय छ । पछिल्लो समय यो खेल व्यवसायीक समेत बन्दै गइरहेको छ । यही खेलमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धामा उत्रिएको नेपाली टोली हो डिआरएस । यो समूह केही समय पहिले सम्पन्न एसियाडमा समेत सहभागिता जनाएको थियो । पब्जी खेलेरै विश्वमा तहल्का मच्चाउँदै आइरहेका डिआरएस गेमिङ टिमका खेलाडीलाई भेट्न धेरै युवाहरु उत्सुक देखिन्छन् । अब त्यो उत्सुकता हट्ने भएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा हुन गइरहेको एक्सपर्ट एजुकेशन कन्क्लेभ (शैक्षिक मेला)मा सहभागि हुनेहरुले डिआरएस गेमिङ टिमका खेलाडीहरुसंग भेटघाट गर्न पाउने छन् । एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमा यही चैत ५ गते सोमबार हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा डिआरएस गेमिङ टिम आउँदैछन् । उनीहरुले युवाहरुसंग अन्तरक्रिया गर्नुको साथै फोटो सेशन समेत गर्नेछन् । त्यसका अलवा कार्यक्रममा सहभागिहरुले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी खेलाडीहरुकै हातबाट पाउने छन् ।

डिआरएस गेमिङ टिम भरतपुर आउनुअघि ४ गते एक्सपर्ट हेटौंडाको कार्यालयमा युवाहरुसंग अन्तरक्रिया तथा भेटघाट गर्नेछन् । सोही दिन दिउँसो रत्ननगर बकुलहरस्थित एक्सपर्टको कार्यालयमा समेत युवाहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

डिआरएस गेमिङ टिम हेटौंडा र चितवनका दर्शक तथा शुभेच्छुकहरुसंग भेट्ने अवसर मिलेकोमा उत्साहित देखिन्छ । डिआरएस टिमले एक भिडियो सन्देश जारी गर्दै कार्यक्रममा सहभागि हुन सबै युवाहरुमा आह्वान गरेको छ । भिडियो सन्देशमा भनिएको छ–‘एक्सपर्ट एजुकेशनले तपाई र हामीलाई एकै ठाउँमा ल्याउँदैछ, हाम्रो टिम मेम्बरहरुसंग भेटघाट र रमाइलो गर्न तयार रहनुहोला ।’

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पब्जी खेल युवा पुस्ताहरुमाझ लोकप्रिय भएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीहरुलाई चितवनका युवाहरुसंग भेट्ने र अन्तरक्रिया गर्ने वातावरण मिलाइएको बताए । ‘डिआरएसका धेरै शुभचिन्तकहरु चितवन र हेटौंडामा छन्, उनीहरु सबैलाई भेट्ने र अनुभव साट्नका लागि एक्सपर्टले डिआरएस टिमलाई निम्ताएको हो, एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुने युवाहरुले लक्की ड्र मार्फत खेलाडीहरुकै हस्ताक्षरसहितको खेल जर्सी समेत उपहार पाउने छन्, कार्यक्रममा धेरै युवाहरु सहभागि हुनेमा हामी विश्वस्त छौं ।’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

एक्सपर्ट एजुकेशन कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श पाउने छन् । विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु आउँदा विद्यार्थी तथा अभिभावकहरुले आफूसंग सबै जिज्ञाशाको समाधान पाउने छन् । त्यसले गर्दा वैदेशिक शिक्षा सहज हुने एक्सपर्टको विश्वास छ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

शनिबार, चैत ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.