• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

आदिवासी जनजाति महोत्सवको तयारी तीव्र

भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को तयारी तीव्र पारेको छ। महासंघले यही चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको महोत्सवको स्थलगत प्रचारप्रसारसँगै स्टल निर्माणको कामलाई तीव्रता दिएको हो। महासंघलाई महोत्सवको तयारी गर्ने समय कम रहेकोले पनि तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ।

सोहीअनुरूप ठाउँठाउँमा प्रचारसामग्री पुर्‍याउने काम भइरहेको महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए। यही क्रममा महासंघका अध्यक्ष दुरासहितको एक टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो गर्न काठमाडौँ गएको छ। चैत ९ गते हुने महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न टोली नै काठमाडौँ गएको हो।

आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानलाई विश्वव्यापी प्रचारप्रसार गराउने उद्देश्यले चितवन जिल्लाले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो। करिब ४० जाति आदिवासी जनजाति समुदायको बसोबास रहेको चितवन जिल्लामा हाल १७ जाति संगठित भएका छन्। संगठित हुन बाँकी जातिलाई पनि संगठित बनाइ महोत्सवको तयारीमा जुटिरहेको आयोजक संस्थाका अध्यक्षसमेत रहेका महोत्सव मूल समारोह समितिका संयोजक दुराले जानकारी दिए।

आदिवासी जनजाति समुदायको परिसर र करिब ३५० वटा व्यापारिक प्रदर्शनी कक्ष रहने महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। भरतपुर महानगरपालिकाले तय गरेको ‘घुमौं भरतपुर’लाई सार्थत तुल्याउन महोत्सवले ठूलो भूमिका खेल्ने आयोजकको दाबी छ। प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव चितवनमा हुँदै आएको अन्य महोत्सवभन्दा फरक रहेको पनि महोत्सव मूल समारोह समितिले जनाएको छ। ‘किनकि यो महोत्सवले चितवनमा बसोबास गर्ने आदिवासी जनजाति समुदायको संस्कृति र पहिचान बोकेको छ।

त्यसकारण पनि यो महोत्सवको भूमिका फरक छ,’ मूल समारोह समितिका संयोजक दुराले भने। मनोरञ्जनसँगै पर्यटन प्रवर्द्वन, कृषि उपजको उत्पादन र बजारीकरण तथा व्यावार व्यवसायलाई थप चलायमान गराउनको लागि महोत्सवले विशेष भूमिका खेल्ने उनको भनाइ छ। महोत्सव अवधिभर चितवन जिल्लामा बसोबास गर्दै आएका आदिवासी जनजातिको साँस्कृतिक पहिचानलाई प्रदर्शन गर्ने महोत्सवका आर्थिक समिति संयोजक पवन गुरूङले जानकारी दिए। ‘हरेक दिन आदिवासी जनजातिका फरकफरक साँस्कृतिक कार्यक्रम देख्न पाउनुहुनेछ,’ उनले भने, ‘त्यसबाहेक बजारको मागअनुसार ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति पनि हुने नै छ।’

आदिवासी जनजातिको संस्कृति संरक्षण गर्नुपर्ने अवस्थामा आइपुगेको हुँदा महोत्सवमार्फत संरक्षणमा टेवा पुर्‍याउने प्रयास गरिएको उनले बताए। करिब ८० लाख रूपैयाँ खर्च र एक करोड रूपैयाँ कारोबार गर्ने अनुमान गरिएको महोत्सवलाई सफल पार्न जिल्लामा संगठित भएका जातीय संघसंस्थालाई समेत अनुरोध गरिएको छ।

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.