• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ४. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

न्यायालयको पुनःसंरचना गर्नुपर्नेमा कानुन व्यवसायीको जोड


चितवन, १९ फागुन । नेपालको न्यायालय एकात्मक पद्धतिमा सञ्चालन भइरहको भन्दै कानुन व्यवसायीहरुले न्यायालय पुनःसंरचना हुनुपर्नेमा जोड दिएका छन् । चितवन जिल्ला अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवको अवसर पारेर शनिबार भरतपुरमा भएको कार्यक्रमका वक्ताहरुले मुलुकमा सङ्घीयता आएपनि न्यायालय पुरानै संरचनाअनुसार सञ्चालन भएको बताए ।
अन्तरक्रियाका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं नेपाल बार काउन्सिलका उपाध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्यायालयको पुनःसंरचना लोकतन्त्रको आधार भएको बताए । अदालतले सजायस्वरुप बिगो र जरिवाना एकैपटक लिने गरी फैसला गर्दा आरोपितले पुनरावेदन गर्ने मौकासमेत नपाउँदा बेकसुर मानिसहरु पनि कारागार बस्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । न्यायालय पुनःसंरचना हुनुपर्छ भन्नेमा सम्पूर्ण कानुन व्यवसायीहरुको एकमत रहेको भन्दै उनले न्यायालयमा एउटा पद्धति विकास गर्ने तयारीमा आफूहरु लागेको बताए ।
वर्तमान संविधान संरक्षणका लागि संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने भन्दै बारले धेरै सुधारका कुराहरु ल्याएको घिमिरेको भनाइ छ । उक्त अन्तरक्रियामा ल एसियाका कार्यकारी सदस्य अधिवक्ता सरोजकृष्ण घिमिरेले विदेशमा गरिने कानुनी अभ्यासको बारेमा चर्चा गर्दै नेपाली कानुन व्यवसायीहरु सच्चिनुपर्ने बताए । विदेशमा कतिपय देशमा कानुनी वकालत गर्दा आफूले लिएको मुद्दामा गल्ती भेटाएमा कानुन व्यवसायीले आफ्नो पक्षका उजुरीकर्तालाई नै दोषि देखाउन पछि नपर्ने भन्दै उनले नेपालका अधिवक्ताहरुले पनि व्यवसायिक नैतिकता कायम गर्नुपर्नेमा जोड दिए ।
विदेशमा कानुन व्यवसायीले एउटै क्षेत्रको मात्रै वकालत गर्ने तर नेपालका कानुन व्यवसायीहरुले सबै प्रकारको मुद्दामा वकालत गर्ने हुनाले यहाँ व्यवसायिक दक्षता अभिवृद्धि हुन नसकेको उनको भनाइ छ । कानुन व्यवसायीहरुले आफूलाई निरन्तर नयाँ कुराबारे जानकारी गराउन जतिसक्दो अध्ययन गर्नुपर्नेमा घिमिरेले जोड दिए ।
अन्तरक्रियामा स्रोत व्यक्तिको रुपमा धारणा राख्दै नेपाल बार काउन्सिलका परिषद् सदस्य अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले अदालतको न्यायिक पुनःसंरचना हुनुपर्ने भन्दै आवाज उठेकाले संशोधन ऐत तयार भएको बताए । न्यायालय पुनःसंरचना तथा बार काउन्सिल प्रस्तावित संशोधन ऐन २०८० र कानुन व्यवसायीका पेशागत आचारसंहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको न्यायपालिका स्वतन्त्र हुन नसकेको बताए । न्यायपालिका सरकारप्रति उत्तरदायी भएको भन्दै ज्ञवालीले न्यायपालिकाले गर्ने फैसला जनमुखी हुन नसकेको बताए ।
‘संसदीय सुनुवाइको व्यवस्था भए पनि सुनुवाइ नै नभइ नियुक्ति हुनु, संवैधानिक परिषद्को गणपूरक सङ्ख्या दुई तिहाइ भन्दा पनि बढी संविधान र कानुनमा हुँदाहुँदै जबरजस्त संसद्लाई छल्दै अध्यादेश मार्फत आफूखुसी गणपूरक सङ्ख्या राख्दै संवैधानिक नियकायका पदाधिकारी तथा प्रधान न्यायाधीशको नियुक्ति हुने गरेको छ’ उनले भने, ‘जसको कारण कानुनले परिकल्पना गरेका योग्यता र क्षमताभन्दा पनि राजनीति हाबी हुँदै जाँदा प्रायः आफ्ना मान्छेको बर्चस्व हुने गरी न्यायाधीश नियुक्ति हुने परिपार्टी संस्थागत हुँदै गएको छ ।’ संविधान र न्यायपालिकाको संरचनामा पुनःसंरचना हुनपर्नेभन्दै ज्ञवालीले स्वतन्त्र न्यायपालिका, संवैधानिक परिषद्, न्याय परिषद्, संसदीय सुनुवाइ समिति, न्यायाधीश नियुक्ति, न्याय परिषद् नियमावली, प्रधान न्यायाधीश, संवैधानिक अदाल, महाअभियोगसहितका विषयमा प्रश्न उठ्ने गरेको बताए ।
न्यायालय पुनःसंरचनाको विषयमा प्रस्तावित ऐन संसद्मा पुगेको भन्दै ज्ञवालीले नेपालको न्याय परिषद्मा कार्यकारी पदका व्यक्ति हाबी हुँदा न्यायपालिका स्वतन्त्र र सक्षम हुन नसकेको बताए । सङ्घीयता, समावेशिता र संविधानलाई व्याख्या गरी संविधानलाई बलियो बनाउन छुट्टै संवैधानिक अदालतको गठन गर्नुपर्नेमा ज्ञवालीले जोड दिए । न्याय परिषद्मा प्रधानन्यायाधीश, सर्वोच्च अदालतको परिष्ठतम न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा कानुनविद्, नेपाल बार एसोसिएसनको सिफारिसमा एक जना वरिष्ठ वा अधिवक्ता रहने गरी पाँच जना सदस्य रहने व्यवस्था भएकोमा प्रधानन्यायाधीश, कानुन मन्त्री र ६५ वर्ष पुगेका वरिष्ठ अधिवक्ता रहने गरी तीन सदस्यीय न्याय परिषद् गठन गर्नुपर्ने ज्ञवालीले बताए ।
चितवन जिल्ला अदालत बार एसोसिएसनले आफ्नो ५० औँ स्थापना दिवसको अवसरमा फागुन ११ गतेदेखि विविध कार्यक्रम गर्दै आइरहेको अध्यक्ष खगराज कँडेलले बताए । चितवन जिल्ला अदालत बार एसोसिएसनको सचिव श्रीराम दवाडीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष खगेश्वर अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

शनिबार, फागुन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ४.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.