गैँडाकोट । गैँडाकोटमा भएको तेस्रो वडा स्तरीय गैँडाकोट मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि गैँडाकोट ४ ले जितेको छ।
नव जागरण रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा गैँडाकोट ७ लाई ६ विकेटले हराउँदै गैँडाकोट ४ विजयी भएको हो। गैँडाकोट ४ ले शुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो।
विजयी टोलीले ५१ हजार रुपैयाँसहितको ट्रफी प्राप्त गरेको छ भने उपविजेता गैँडाकोट ७ ले ३१ हजार रुपैयाँसहितको ट्रफी प्राप्त गरेको छ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले पुरस्कृत गर्नुभएको छ। नव जागरण ग्रामीण विकास केन्द्र गैँडाकोटका अध्यक्ष रामचन्द्र सापकोटाले सहयोगीहरूलाई धन्यवाद दिनुभएको छ।