• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवनमा फागुन १३ गतेदेखि ‘दादुरा रुबेला’ खोप अभियान सञ्चालन गरिने


भरतपुर, फागुन ४- चितवनमा ‘दादुरा रुबेला खोप अभियान २०८०’ सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय चितवनले यहाँका सात वटा स्थानीय तह मार्फत फागुन १३ गतेदेखि चैत्र १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । खोप अभियान दुई चरणमा सञ्चालन गरिने कार्यालयले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका, र इच्छाकामना गाउँपालिकामा फागुन १३ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन हुने कार्यालयका क्षयकुष्ठ रोग अधिकृत जयराम दवाडीले जानकारी दिए । दोस्रो चरणमा कालिका, रत्ननगर राप्ती र खैरहनी नगरपालिकमा फागुन २२ गतेदेखि चैत्र एक गतेसम्म सञ्चालन हुनेछ । यस खोप ९ महिनादेखि १५ बर्ष मुनिका बालकालिकालाई लगाइने छ । अभियानमा ५ बर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने अधिकृत दवाडीले जानकारी दिए ।

यस अभियान अन्तरगत जिल्लामा एक लाख ६१ हजार बालबालिकालाई खोप लगाईने लक्ष्य राखिएको छ । त्यसका लागि १ हजार ६ सय स्वास्थ्यकर्मी, तथा २ हजार २ सय स्वयसेवक खटिने छन् । उनीहरु तालिम लिएर खोप लगाउन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक रुपाखेतीेले जानकारी दिए । खोप लगाउन जिल्लामा ७ सय वटा खोपकेन्द्र तोकिएको छ । त्यसमध्ये अधिकांश विद्यालय रहेको उनले जानकारी दिए । उनका अनुसार कक्षा १० सम्म अध्ययनरत सबै बालबालिकालाई खोप लगाइन्छ ।

चितवन दादुरा रुबेलाको उच्च जोखिम रहेको जिल्ला समेत हो । यहाँ पछिल्लो पुस महिनासम्म ५२ जनामा दादुरा देखिएको थियो । जिल्लामा अझै ८ सय बालबालिका नियमित खोप लगाउन छुटेको उनले जानकारी दिए । नेपालमा बच्चाले नियमित १३ वटा खोप लगाउने गर्दछन् । त्यसमध्ये अधिकांश डिपिटि, पिसिभि, आइपिभि खोप लगाउन छुटेको उनले बताए । उनका अनुसार जिल्लामा ४ प्रतिशत बालबालिका खोप लगाउनबाट पूर्ण बन्चित छन् । १६ प्रतिशतले खोप पूर्ण पाएका छैन् भने ८३ प्रतिशतले मात्र पूर्ण खोप लगाएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

१९ जिल्लामा १ हजार ३ सय ४९ जनामा दादुरा रुबेलाका बिरामी फेला परेपछि देशभर खोप लगाउन थालिएको हो । दादुरा रुबेलाका देखिने जिल्लामा चितवन पनि एक हो । बागमती प्रदेशमा राजधानीका ३ जिल्ला र चितवनमा यस रोगका बिरामी देखा परेका थिए । २०२६ मा यस रोगलाई निवारण गर्ने गरी खोप अभियान सञ्चालन गरिएको उनले बताए । गर्भवती, एड्स, कोमोलगायका बिरामी, स्टोराईज औषधी खाएका बिरामीले यस खोप लगाउन नहुने उनले जानकारी दिए ।

 

शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.