• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

ब्रम्हपुर स्कुलले मनायो ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

चितवन, २९ माघ । भरतपुर–१६ मा रहेको आधारभूत विद्यालय ब्रम्हपुरले ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार विद्यार्थीबीच नृत्य प्रतियोगिता, पुरस्कार वितरण सहित विविध कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयमा तीन सय १० जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक सुवेदीले जानकारी दिनुभयो । कक्षा १ देखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने कक्षा बढाउँदै लैजाने तयारी गरेको उहाँको भनाइ छ ।
विद्यालयको वार्षिकोत्सवकै अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक कुलप्रसाद घिमिरेले आफ्नी आमाको स्मृतिमा अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्नेगरी एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको घिमिरेको भनाइ छ । सो कार्यक्रममा विद्यालयको अक्षय कोष निर्माण गर्न रकम दिने दाता, विद्यालयलाई आर्थिक, भौतिक र शैक्षिक सहयोग गर्ने व्यक्ति एवं उत्कृष्ट शिक्षक तथा उत्कृष्ट आमामाको रुपमा तीन जना अभिभावकलाई सम्मान गरिएको प्रधानाध्यापक सुवेदीले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरु जुना डल्लाकोटी, भूपराज पाठक, देवराज बिकको प्रस्तुती रहेको थियो । आधारभूत विद्यालय ब्रम्हपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, विद्यालयका सल्लाहकार समिति सदस्य एवं समाजसेवी रामबाबु थपलिया, ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निर्मला श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
सहायक प्रधानाध्यापक अप्सरा बस्नेतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षकहरु हरिप्रसाद गौतम र सुनिता भट्टले गर्नुभएको थियो ।

सोमबार, माघ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.