चितवन / नारायणगढ चितवनमा रहेर बिगत लामो समय देखि उच्च शिक्षा अध्यान को लागि क्यानाडा अष्ट्रेलिया लगायत विभिन्न देश जान चाहाने बिद्यार्थी हरुलाइ परामर्श दिदै आयको अनर्स एजुकेशन इन्टरनेशनल प्रा. लि. ले क्यानाडाको फ्लेमिङ कलेजले प्रदान गर्दै आएको गोल्ड एजेन्ट अवार्ड प्राप्त गरेको छ ।
आइतबार काठमाडौं को होटेल मेरियट मा आयोजित एजेन्ट प्रशंसा पुरस्कार समारोहमा यथार्थ र गुणस्तरीय काउन्सिलिङ प्रदान गरेको भन्दै गोल्ड एजेन्ट अवार्ड ले अनर्स एजुकेशन लाई सम्मानित गरिएको हो । फ्लेमिङ कलेज क्यानडा को शीर्ष स्तरको सरकारी अनुसन्धान कलेज हो
कार्यक्रममा अनर्स एजुकेशन को तर्फ बाट संचालक तथा अध्यक्ष गोपाल प्रसाद कंडेल र कार्यकारी निर्देशक सुमि कंडेल भट्टराई को उपस्तिथि रहेको थियो । अवार्ड प्राप्त पछी अनर्स एजुकेशन संचालक गोपाल प्रसाद कंडेल ले आफू हरु लाई यस्तो अवार्ड ले अझ धेरै काम गर्ने उर्जा प्राप्त भएको बताउनु भयो।