Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

सम्बन्धमा खुसी छैन पार्टनर ? यसरी थाहा पाउनुस्

काठमाडौँ । सम्बन्ध जुनसुकै होस् भावनात्मक उतारचढाव आउनु स्वाभाविक नै हो । तर सम्बन्धलाई स्वस्थ बनाएर राख्न दुवै जना खुसी हुन जरुरी छ ।

तपाईँको पार्टनर कुनै कारणले खुसी छैन भने त्यसको संकेत कुनै न कुनै रुपमा प्रकट भइहाल्छ । त्यस्ता संकेतहरुलाई आफूले बुझ्न जरुरी छ । कहिलेकाहीँ हामी सम्बन्धमा खुसी नभएपनि खुसी भएको अभिनय गर्छौ । अरुलाई आफू खुसी छु भन्ने देखाउँछौँ ।

तर यसरी सम्बन्धलाई धेरै टाढासम्म पुर्याउन सकिँदैन । आफू खुसी नै नभएको सम्बन्धमा रहनु तनावपूर्ण हुन सक्छ । खासगरी त्यस्तो पार्टनरका लागि जो सम्बन्धमा आफ्ना सारा ऊर्जा लगाएर यसलाई फुलाउन फलाउन लागिपरेको छ । यसले उसको मस्तिष्क र शरीरमा पनि नराम्रो असर पर्न सक्छ । आजको यस लेखमा हामीहरु पार्टनर आफूसँग खुसी छ कि छैन भनेर पत्ता लगाउने केही संकेतहरुबारे कुराकानी गर्नेछौँ ।

कुराकानीमा कमी

कुनै पनि सम्बन्धमा कुराकानीमा कमी आउनु खतरनाक संकेत हो । तपाईँको पार्टनर एक्लै बस्ने कोसिस गरिरहेको छ, आफ्नो भावनाहरुलाई अभिव्यक्त गरिरहेको छैन या वार्तालाप वा कुराकानीबाट पछाडि हट्ने गरिरहन्छ भने यी सबै पार्टनर तपाईँसँग खुसी नहुनुको संकेत हुनसक्छ । यी सबै संकेतलाई चिनेर तपाईँले आफ्नो सम्बन्ध बलियो बनाउन केही राम्रो कदम चाल्न सक्नु हुन्छ ।

भावनात्मक दूरी:

कुनै पनि सम्बन्धमा भावनात्मक मजबुती हुन जरुरी छ । तर तपाईँलाई आफ्नो पार्टनर भावनात्मक रुपमा आफूसँग टाढिन खोजिरहेको छ वा टाढिरहेको छ जस्तो महसुस हुन थालेको छ भने यो उनी खुसी नभएको संकेत हो । पार्टनरसँग साथमा समय बिताउनुस् । एकअर्काको जीवनमा रुचि देखाउनुस् अनि पार्टनरसँगको सम्बन्ध बलियो बनाउने कोसिस गर्नुस् ।

बानीमा परिवर्तन:

तपाईँको पार्टनको दैनिक रुटिन वा बानी व्यहोरामा परिवर्तन आइरहेको छ भने यो पनि पार्टनर खुसी नभएको संकेत हुन सक्छ । पार्टनरसँग कुरा गरेर परिवर्तनको कारणहरु सोध्नुस् ।

चिढिने वा चिन्तामा रहनेः

तपाईँको पार्टनर सानो सानो कुरामा पनि चिढिन थालेको छ, रिसाउने वा चिन्तित भएर बस्न थालेको छ भने यी सबै पनि असन्तुष्टिको संकेत हो । यसबारे पार्टनरसँग झगडा गर्ने वा रिसाउनुको सट्टा उसको अवस्था बुझ्ने कोसिस गर्नुस् । समस्या समाधानबारे सोच्नुहोस् ।

भविष्यको योजना नबनाउनेः

तपाईँको पार्टनरले तपाईँसँग भविष्यको कुनै योजना बनाइरहेको छैन । वा भविष्यबारे कुराकानी गर्न छाडेको छ भने यो पनि सम्बन्धमा उ खुसी नभएको संकेत हो । कुरो बुझ्न भविष्यबारे कुराकानी गर्नुस् । एकअर्काको इच्छालाई बुझ्नुस् । भविष्यप्रति एकै खालको सोच बनाउनुस् ।

शनिबार, माघ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.