• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

ड्राइभिङ स्कुल सञ्चालकहरु भन्छन् : सरकारले उपेक्षा गर्‍यो

चितवन, २७ पुस । चालक अनुमतीपत्र पाउनुपूर्व दक्ष चालक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ड्राइभिङ् स्कुलका सञ्चालकहरुले आफूहरुलाई राज्यले नहेरेको गुनासो गरेका छन् । पाँचौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन शुक्रबार चितवनमा भेला भएका सञ्चालकहरुले सरकारले सम्बोधन नगर्दा आफूहरुको अर्बौ रुपैयाँको लगानी खेर जाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
देशभर एक हजार पाँच सय भन्दा बढी ड्राइभिङ् स्कुल सञ्चालनमा रहेका छन् । उनीहरुले रु एक करोडदेखि २० करोडसम्म लगानी गरेर चालकहरुलाई प्रशिक्षण दिँदै आएका छन् । संघका केन्द्रीय महासचिव उमेश सिकेले सवारी ऐन २०४९ अपूर्ण भएको र यसलाई सरकारले आफ्नो अनुकुलमा प्रयोग गरेर अपाङ्ग बनाई दिएको गुनासो गर्नुभयो । प्रशिक्षार्थीहरुको लागि अनिवार्य लर्निङ लाइसेन्स वितरणका लागि कानुनी रुपमा व्यवस्था नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।
प्रशिक्षार्थीहरुले १५ दिनको प्रशिक्षण पाइसकेपछि थप दक्ष प्रशिक्षणका निम्ति सार्वजनिक सडकहरुमा सिक्ने व्यवस्थाका लागि उपयुक्त कानुनी व्यवस्था नहुँदा कठिनाई भएको उहाँको भनाइ छ । उनीहरुलाई सडकमा जान अस्थायी अनुमति पत्र हुनुपर्ने उहाँ बताउनुहुन्छ । प्रशिक्षणमा प्रयोग गरिने सवारीसाधनको अवधि सहितको तेस्रो पक्ष तथा शिकारु प्रशिक्षार्थी घाइते भएको अवस्थामा उचित उपचारका लागि कानुनी रुपमा बीमाको व्यवस्था हुनुपर्ने उहाँको माग छ ।
संघका उपाध्यक्ष राजकुमार गुरुङ प्रशिक्षणमा प्रयोग हुने कुनैपनि सवारी साधनहरुको पहिचान सहित भन्सार कर छुट र सवारी वार्षिक करको छुट्टै कानुनी व्यवस्था हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “हाम्रो पेशा सेवामूलक भएको हुँदा सवारी साधनको वार्षिक करमा सार्वजनिक सवारीसाधनको सरह हुनुपर्छ ।” प्रशिक्षण स्कुलहरुमा भूगोल अनुसारको मापदण्ड लागू हुनुपर्ने उहाँको भनाइ छ ।
भूगोल अनुसार सामूहिक रुपमा प्रयोग गरि आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने कानुनी व्यवस्था गर्न उहाँले माग गर्नुभयो । गुरुङले हाल सञ्चालनमा रहेका ड्राइभिङ व्यवसायीहरुको प्रशिक्षण स्कुलहरुलाई न्यूनतम कार्यविधि निर्माण गरी लगानी र भूगोल अनुसार यथास्थितिमा नवीकरण गरिदिनुपर्ने बताउनुभयो । संघका अध्यक्ष रामचन्द्र श्रेष्ठले सवारी साधनहरुको सवारी चालक अनुमति पत्र लिँदा सम्बन्धित ड्राइभिङ ट्रेनिङ स्कुलहरुको प्रशिक्षण प्रमाणपत्र अनिवार्य हुनुपर्ने बताउनुभयो ।
सरकारले लगानी र भूगोल अनुसार ड्राइभिङ स्कुलहरुको प्रशिक्षण शुल्क तोक्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “ड्राइभिङ स्कुललाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्छ ।” सरकारले यातायात क्षेत्रलाई विभिन्न मन्त्रालयमा जोडेर प्राथमिकता नदिएको उहाँहरुको गुनासो छ । यो पेशा आफैमा चुनौती र जोखिमपूर्ण भएको भन्दै उहाँले सरकारले समयमा सम्बोधन गर्न नसके धरासायी हुने बताउनुभयो ।
देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरेर तीन सय ५० जना भन्दा बढी ड्राइभिङ स्कुलका सञ्चालकहरु महाधिवेशनमा जुटेका छन् । यो महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले शनिबार भरतपुरको दियालो फुडल्याण्डमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.