• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

ड्राइभिङ स्कुल सञ्चालकहरु भन्छन् : सरकारले उपेक्षा गर्‍यो

चितवन, २७ पुस । चालक अनुमतीपत्र पाउनुपूर्व दक्ष चालक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ड्राइभिङ् स्कुलका सञ्चालकहरुले आफूहरुलाई राज्यले नहेरेको गुनासो गरेका छन् । पाँचौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन शुक्रबार चितवनमा भेला भएका सञ्चालकहरुले सरकारले सम्बोधन नगर्दा आफूहरुको अर्बौ रुपैयाँको लगानी खेर जाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
देशभर एक हजार पाँच सय भन्दा बढी ड्राइभिङ् स्कुल सञ्चालनमा रहेका छन् । उनीहरुले रु एक करोडदेखि २० करोडसम्म लगानी गरेर चालकहरुलाई प्रशिक्षण दिँदै आएका छन् । संघका केन्द्रीय महासचिव उमेश सिकेले सवारी ऐन २०४९ अपूर्ण भएको र यसलाई सरकारले आफ्नो अनुकुलमा प्रयोग गरेर अपाङ्ग बनाई दिएको गुनासो गर्नुभयो । प्रशिक्षार्थीहरुको लागि अनिवार्य लर्निङ लाइसेन्स वितरणका लागि कानुनी रुपमा व्यवस्था नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।
प्रशिक्षार्थीहरुले १५ दिनको प्रशिक्षण पाइसकेपछि थप दक्ष प्रशिक्षणका निम्ति सार्वजनिक सडकहरुमा सिक्ने व्यवस्थाका लागि उपयुक्त कानुनी व्यवस्था नहुँदा कठिनाई भएको उहाँको भनाइ छ । उनीहरुलाई सडकमा जान अस्थायी अनुमति पत्र हुनुपर्ने उहाँ बताउनुहुन्छ । प्रशिक्षणमा प्रयोग गरिने सवारीसाधनको अवधि सहितको तेस्रो पक्ष तथा शिकारु प्रशिक्षार्थी घाइते भएको अवस्थामा उचित उपचारका लागि कानुनी रुपमा बीमाको व्यवस्था हुनुपर्ने उहाँको माग छ ।
संघका उपाध्यक्ष राजकुमार गुरुङ प्रशिक्षणमा प्रयोग हुने कुनैपनि सवारी साधनहरुको पहिचान सहित भन्सार कर छुट र सवारी वार्षिक करको छुट्टै कानुनी व्यवस्था हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “हाम्रो पेशा सेवामूलक भएको हुँदा सवारी साधनको वार्षिक करमा सार्वजनिक सवारीसाधनको सरह हुनुपर्छ ।” प्रशिक्षण स्कुलहरुमा भूगोल अनुसारको मापदण्ड लागू हुनुपर्ने उहाँको भनाइ छ ।
भूगोल अनुसार सामूहिक रुपमा प्रयोग गरि आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने कानुनी व्यवस्था गर्न उहाँले माग गर्नुभयो । गुरुङले हाल सञ्चालनमा रहेका ड्राइभिङ व्यवसायीहरुको प्रशिक्षण स्कुलहरुलाई न्यूनतम कार्यविधि निर्माण गरी लगानी र भूगोल अनुसार यथास्थितिमा नवीकरण गरिदिनुपर्ने बताउनुभयो । संघका अध्यक्ष रामचन्द्र श्रेष्ठले सवारी साधनहरुको सवारी चालक अनुमति पत्र लिँदा सम्बन्धित ड्राइभिङ ट्रेनिङ स्कुलहरुको प्रशिक्षण प्रमाणपत्र अनिवार्य हुनुपर्ने बताउनुभयो ।
सरकारले लगानी र भूगोल अनुसार ड्राइभिङ स्कुलहरुको प्रशिक्षण शुल्क तोक्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “ड्राइभिङ स्कुललाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्छ ।” सरकारले यातायात क्षेत्रलाई विभिन्न मन्त्रालयमा जोडेर प्राथमिकता नदिएको उहाँहरुको गुनासो छ । यो पेशा आफैमा चुनौती र जोखिमपूर्ण भएको भन्दै उहाँले सरकारले समयमा सम्बोधन गर्न नसके धरासायी हुने बताउनुभयो ।
देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरेर तीन सय ५० जना भन्दा बढी ड्राइभिङ स्कुलका सञ्चालकहरु महाधिवेशनमा जुटेका छन् । यो महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले शनिबार भरतपुरको दियालो फुडल्याण्डमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.