• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

उद्योग वाणिज्य संघको ककसमा सुमन श्रेष्ठ : होर्डिङ बोर्डको कर खारेजीदेखि फुटपाथ व्यवस्थापनसम्मका योजना

चितवन, १९ पुस । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा तथा अधिवेशनको मिति नजिकिएसँगै उम्मेदवारहरुले आफ्ना योजनाहरु निर्माण गरेका छन् । बिहीबार नारायणगढमा आयोजना गरिएको उम्मेदवार परिचय तथा आफ्नो प्रस्तुत गर्ने ककस कार्यक्रममा अध्यक्षका प्रत्यासी सुमन कुमार श्रेष्ठले व्यवसायीको पक्षमा निर्माण गरेको कार्ययोजना सुनाउनुभयो ।

उम्मेदवार श्रेष्ठले विगत १८ वर्षदेखि संघको विभिन्न पदमा रहेर पर्याप्त अनुभव तथा अन्य संघसंस्थामा नेतृत्व गर्दा प्राप्त गरेको सफल अनुभव र आफ्नो व्यवसायिक अनुभवको आधारमा संघको अध्यक्ष भएर काम गर्ने तयारी गरेको बताउनुभयो । उहाँले ककस कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनले गर्नुपर्ने कामलाई प्राथमिकताको आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गर्दै आफ्ना योजनाहरु प्रस्तुत गर्नुभयो । अध्यक्षका उम्मेदवार श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यमा गर्नुपर्ने कार्यहरु, कर कार्यालयसँगको सहकार्यमा गर्नुपर्ने कार्य, बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा गर्नुपर्ने कार्यहरुको प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँले सडक किनारको फुटपाथ पैदल यात्रीहरुको लागि खाली राखिनुपर्ने भन्दै फुटपाथमा हुने व्यापारी गतिविधिलाई निरुत्साहित गरी वैकल्पिक व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । त्यस्तै, नारायणगढ बजार क्षेत्र र राजमार्ग क्षेत्रमा पार्किङलाई सहज, वैज्ञानिक तथा व्यवहारिक व्यवस्थापन गर्न पहल गर्ने बताउनुभयो । उम्मेदवार श्रेष्ठले आर्थिक मन्दीका कारण व्यवसायी चरम संकटमा परेका कारण व्यवसाय कर घटाउन पहल गर्ने आफ्नो कार्ययोजना रहेको बताउनुभयो ।

अहिले देशमा चरम आर्थिक मन्दी भएको भन्दै व्यवसायीको घरभाडा घटाउन घरबेटीसँग पहल गर्ने योजना निर्माण गरेको बताउनुभयो । व्यवसाय गर्दा पसलको चिनारीका लागि राखिने साइबोर्डको कर खारेज गर्न पहल गर्ने उम्मेदवार श्रेष्ठले बताउनुभयो । व्यवसायीले बिक्री गर्ने वस्तु तथा सेवाको गुणस्तरको मापदण्ड सम्बन्धीत वस्तुगतका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र विज्ञसँगको सहभागितामा तयार गर्नेगरी कार्ययोजना निर्माण गरेको उहाँले बताउनुभयो ।

अहिले बजारमा जुनसुकै समयमा पनि सवारीसाधनले सामान लोड अनलोड गर्ने गरेको भन्दै यसका लागि निश्चित समय निर्धारण गर्ने उहाँले बताउनुभयो । त्यस्तै, चितवनका विभिन्न ठाउँबाट आउने सार्वजनिक सवारीसाधनलाई नारायणगढ बजारसम्म आउने र हरेक चोकमा रोक्ने व्यवस्था मिलाउन पहल गर्ने उहाँको भनाइ छ । स्थानीय तहले सामान खरिद गर्दा स्थानीय व्यापारीसँगमात्रै खरिद गर्नुपर्ने व्यवस्था गर्न पहल गर्ने श्रेष्ठको भनाइ छ ।

छ लेन सडक विस्तारमा ढिलाइ हुँदा व्यवसायीहरु प्रभावित भएको भन्दै उम्मेदवार श्रेष्ठले सडक विस्तारको योजना समयमै सक्नेगरी प्रभावकारी कदम चाल्ने बताउनुभयो । आन्तरिक राजस्व कार्यालयसँगको सहकार्यमा व्यवसायमैत्री कर निर्धारण गर्ने, कर तिर्नेलाई सम्मानजन्य व्यवहार गर्ने वातावरण तयार पार्ने उहाँको भनाइ छ । अन्य विभिन्न संघसंस्थासँग सहकार्य गर्दै व्यवसाय प्रवद्र्धनका लागि काम गर्ने उहाँको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई दिने ऋणमा पहिले लिएको ब्याज नै कायम हुने व्यवस्था गर्न पहल गर्ने श्रेष्ठले बताउनुभयो । व्यवसायीको हरेक समस्यामा सँगसँगै सहकार्य गर्दै अघि बढ्ने श्रेष्ठको भनाइ छ । विगत केही वर्षदेखि व्यवसायीले भोग्दै आएको साझा समस्या र चुनौतीलाई संस्थागत रुपमा समाधान गर्ने उद्देश्यका साथ संस्थाको अध्यक्षमा आफूलाई योग्य उम्मेदवारको रुपमा उभ्याएको उहाँको भनाइ छ ।

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.