• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो

चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगत केही दिन यता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ ।” पाण्डेको ल्याण्डमार्क फरेष्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताउनुभयो । सौराहमा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिती पनि राम्रो रहेको उहाँले बताउनुभयो । सङ्घका महासचिव गुणराज थपलियाले शनिबार सबै कोठा भरिएको र र आइतबार अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको बताउनुभयो । युनिक वाइल्ड रिसोर्टका सञ्चालक थपलियाका अनुसार उहाँको होटलमा रहेका ३० वटा कोठा जनवरी ४ तारिखसम्मका लागि शतप्रतिशत बुकिङ भएका छन् । सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा एक सय ६० हाराहारी होटल छन् ।

ती होटलमा सात हजार जनालाई एकै साथ सेवा दिनसक्ने क्षमता छ । होमस्टे सहित गणना गर्दा सैराहमा १० हजारभन्दा बढीले एक रात बस्न सक्छन् । आइतबार सबै होटल र होमस्टे भरिने अनुमान गरिएको उहाँले बताउनुभयो । सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जीप सफारी गर्न जान्छन् । यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जीप सफारी हुन्छ । भट्टराईका अनुसार सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जीप सफारी भइरहेको छ । ती जीपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ ।

निकुञ्जभित्र सौराहातर्फबाट ३२ वटा जीपले अनुमति पाएका छन् । यस्तै कसराबाट २० वटा, मेघौलीबाट नौ वटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट छ वटा र कुजौलीबाट दुई वटा जीपले जंगल सफारीको अनुमति लिएका छन् । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यो याममा पूर्ववत् अवस्थामा पर्यटकको आगमन भएको बताउनुभयो । उहाँका अनुसार कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका छन् । जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन् । आउँदा दिनहरुका लागि बुकिङ राम्रो छ ।

उहाँले भन्नुभयो “अब हामीलाई आशावादी बनाएको छ ।” सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिएका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ । दसैँपछि पर्यटकको राम्रो चहलपहल भएको उहाँले बताउनुभयो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार उहाँहरुसँग भएका ३० वटा हात्तीले दैनिक तीन पटक पर्यटक घुमाइरहेका छन् ।

यद्यपि कतिपयले हात्ती चढ्ने पालो समेत पाउन सकेका छैनन् । उहाँका अनुसार राति सौराहामै बसेका पर्यटकहरुले पालो मिलाएर हात्ती चढेको भएपनि हात्ती मात्रै चढ्नका लागि सौराहा पुगेका कतिपय हात्ती चढ्न पाएका छैनन् । सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटकको राम्रो उपस्थिति छ ।

तेस्रो मुलुकका पर्यटकहरु यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय र चिनियाँ पर्यटकको राम्रो उपस्थिति छ । पटिहानीको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटकको उपस्थिति राम्रो रहेको बताउनुभयो । पूर्ववत् अवस्थामा पर्यटक फर्किने अनुमान गरिएको उहाँको भनाइ छ ।

आइतबार, पुष १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.