×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलको एक वर्षः ७० बढी काम


चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको कार्यकाल एक वर्ष पूरा भएको छ । विगत एक वर्षको अवधिमा उहाँको नेतृत्वमा अस्पतालमा ७० भन्दा बढी काम भएका हुन् । एमआरआई खरिद प्रक्रियादेखि क्याथल्याब जस्ता महत्वपूर्ण काम यस अवधिमा भएका हुन् । आफूले अस्पतालमा कार्यभार समालेको एक हप्ता भित्र नै श्वेतपत्र जारी गरी कामको शुरुवात गरेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालका सम्पूर्ण विभाग, वार्ड, शाखा, इकाईहरुलाई अस्पतालको विषयमा प्रश्नावली तयार गरी पृष्ठपोषण लिईएको छ ।”

बि.सं. २०७९ चैत १० गतेको मन्त्रिपरिषद्बाट भरतपुर अस्पताललाई राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ९नेम्स० को आंगिक कलेज घोषणा गर्न सफल भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “बिएस्सी नर्सिङ र बिएनएस सञ्चालनको स्वीकृती प्राप्त भई भर्ना प्रारम्भ भएको छ ।” आफू अस्पतालमा अध्यक्ष भएर आएसँगै ‘यो किन भएन, त्यो किन भएन रु’ भन्ने प्रश्न आउने गरेको बताउँदै उहाँले भन्नुभयो “अहिले यो विषय यसरी गरे राम्र्रो हुन्छ कि भन्ने सुझाव आउने गरेको छ, जुन कुरालाई अत्यन्तै सकारात्मक रुपमा लिन सकिन्छ ।”

अस्पतालमा सञ्चालित विभिन्न विभाग, वार्ड, शाखा, इकाईहरुसँग आवश्यक मेशिनरी उपकरण, जनशक्ति र सेवाको सुधारको लागि प्लानिङ वर्कसप सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा सुन्दरतालाई पनि विशेष ध्यान दिईएको भन्दै उहाँले भन्नुभयो “सेवाग्राही गेटबाट छिर्ने बित्तिकै एक खालको आनन्द हुने गरी ब्युटिफिकेशन गरिएको छ । यस कार्यलाई अझै अघि बढाईदै लगिने छ ।” अस्पतालका गुनासाहरु सम्बोधन गर्न भदौ ८ गते सार्वजनिक सुनुवाई गरिएको छ ।

 

एकाडेमिक भवन र स्टोर भवन अस्पताल विकास समितिबाट निर्माण गर्ने निर्णय भई कार्य प्रारम्भ भएको छ । अस्पतालका बिभिन्न भवन ९ब्लक० हरुको बीचमा सेड सहितको कोरिडोरले बिरामीहरुलाई आवतजावतमा अत्यन्तै सहज बनाएको छ । इमरजेन्सी (आकस्मिक कक्ष) लाई वातानुकुलित बनाईएको छ । बिरामीको सहजतालाई ध्यानमा राख्दै सोही भवनबाट बिलिङ, बीमा, प्रयोगशाला, एक्सरे, माईनर ओली र २४ सै घण्टा औषधि उपलब्ध हुने व्यवस्था गरिएको अध्यक्ष पौडेलको भनाई छ । यसैगरी इमरजेन्सीमा अत्याधुनिक डिजिटल एक्सरे मेसिन राखेर सेवा दिईएको छ ।

इमरजेन्सीको उपचार दक्ष जनशक्तिबाट गर्ने व्यवस्था भएको छ भने इमरजेन्सीको वेडबाट नै रगत संकलन गर्ने व्यवस्था मिलाईएको अध्यक्ष पौडेल बताउनुहुन्छ । मृर्गौलाको डाइलासिसमा विद्युत कटौतीले प्रभावित बनाउने गरेकोमा विद्युतीय पावर सप्लाईलाई चुस्त दुरुस्त बनाइ डाइलाइसिस मेसिन र जेरियाप्टिक वार्ड लगायत धेरै वार्डहरुलाई वातानुकुलित बनाइएको उहाँको भनाई छ । डाइलाइसिस मेसिनको अभावमा धेरै बिरामी सेवाबाट बञ्चित हुनु परेको गुनासो आएपछि पुरानो दुई वटाको मर्मत र आठ वटा नयाँ थप गरी १८ वटा मेशिनबाट डायलाइसिस सेवा दिईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “एचआईभी संक्रमितहरुलाई छुट्टै एउटा डाइलाइसिस मेशिन व्यवस्थापन गर्दैछौं ।”

अस्पतालमा भर्ना भएर उपचार गराएका बिरामीको सहजतालाई ध्यानमा राखेर ईनडोर फार्मेसी सञ्चालन गरिएको छ । उक्त फार्मेसीबाट २४सै घण्टा सेवा दिन शुरु गरिएको उहाँले जानकारी दिनुभयो । जलनका बिरामीको विशेष उपचारका लागि यस अवधिमा तीन वटा वेड सहित बर्न केयरका लागि वार्ड व्यवस्था भएको छ । वृद्धवृद्धा वार्डमा ६ वटा वेड थप गरिएको छ । कुरुवा घर सञ्चालन भएको छ भने विभिन्न ठाउँमा एक सयभन्दा बढी कुरुवा बस्न मिल्ने कुर्ची व्यवस्थापन भएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यस अवधिमा पाँच वेडको अत्याधुनिक बर्थिङ्ग युनिट संचालनमा आएको छ । गाइने वार्डलाई पुनर्संरचना गरी दुई वेड पिएनसि थपिएको छ । १० वेडको गाइनो एचडियु संचालनमा ल्याइएको छ । प्रसुती सेवाका लागि आउने बिरामीको सहजताका लागि वार्डसँगै चौबीसै घण्टा सञ्चालन हुने गरी टिकट र बिल काट्ने व्यवस्था गरिएको उहाँको भनाई छ । एनआईसियू १२ बेडमा सञ्चालन हुँदै आएकोमा आठ वटा वेड थप गरी २० वेड सञ्चालन गरिएको छ । पिआईसियूमा ६ वटा वेड सहितको सेवा शुरु भएको छ ।

बच्चाहरुको लागि ५ वेडको एचडियू निकट भविष्यमा सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ । अस्पतालमा मुटु रोगीहरुको लागि चार बेड सहितको कार्डियाक वार्ड सञ्चालनमा आएको छ । चार बेड सहित सिसियू संचालनमा आएको छ । नयाँ आईसियू बनाई १४ बेड थप गरिएको छ । अस्पतालमा सिएसआर फण्डबाट फाउण्टेन, गार्डेनिङ बनाईएको भन्दै उहाँले व्याज आम्दानी एक वर्षमा ३ करोड रुपैयाँभन्दा माथि पुगेको जानकारी दिनुभयो । अस्पतालका अति पुराना भवनहरुलाई क्रमशः खाली गर्दै लैजाने व्यवस्था गरिएको छ भने ए ब्लक, बि ब्लक र बहिरंग ९ओपिडि० भवनको भित्री भागमा रगंरोगन सहित आकर्षक बनाइएको छ ।

दन्तरोग विभागमा ३ वटा डेण्टल चेयर थप गरी बहिरंग भवनको माथिल्लो तलामा लगिएको छ । बिरामीको गोपनीयतालाई ध्यानमा राखेर बहिरंग भवनमा पर्दाहरु थप गरिएको छ । बहिरंग भवनमा शौचालयको कमी भएपछि आवश्यकता अनुसार थप गरिएको अध्यक्ष पौडेल बताउनुहुनछ । बिरामीले टिकट काट्न घण्टौं लाइनमा बस्नुपर्ने समस्यालाई मध्यनजर गर्दै कम्प्युटरको सफ्टवेयर परिवर्तन गरी सहज तुल्याईएको छ । बहिरंगको बालरोग विभागमा प्रतीक्षाकक्ष सहित स्तनपान कक्षाको व्यवस्था गरिएको छ । अस्पतालमा अडियोग्रामको कोठालाई सुधार गरिएको छ भने बिहान ७ बजेदेखि १० बजेसम्म रिफिल काउन्टर शुरु भएको छ ।

औषधि परामर्श शाखा समेत अस्पतालले यसै अवधिमा सञ्चालनमा ल्याएको छ । बहिरंग सेवाका बिरामीको सहजतालाई ध्यानमा राखी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ओपिडि फार्मेसी सञ्चालन गरिएको छ । वृद्ध वृद्धाको लागि छुट्टै औषधि वितरण कक्ष बनाइ सञ्चालनमा ल्याईएको अध्यक्ष पौडेल बताउनुहुन्छ । पोष्टमार्टमलाई पुनर्संरचना गरी १२ रेफ्रिजेरेटर थप गरी २४ वटासम्म शव राख्न सक्ने व्यवस्था अस्पतालमा यसै अवधिमा भएको छ । शवगृहसँगै प्रतीक्षा कक्ष निर्माण गरिएको छ ।

पुराना सामग्री राख्न वेयरहाउस बनाई व्यवस्थित गरिएको छ । बिरामीका कुरुवाका लागि कपडा धुने, नुहाउने ठाउँको व्यवस्थापन गरिएको छ । अस्पतालमा पानीको अभावलाई मध्यनजर गर्दै २ लाख २५ हजार लिटर क्षमताको खानेपानी टंकी बनाउने काम शुरु भएको छ । सरुवा रोग भवन बन्ने चरणमा पु¥याईएको छ । अस्पतालमा गार्ड घर बनाईएको छ । सोधपुछ कक्ष बनाई सेवाग्राहीलाई सहजता प्रदान गरिएको छ । रोटरी क्लबको सहकार्यमा स्पाइनल ब्लक निमार्णधिन अवस्थामा छ भने बी ब्लक भवनमाथि ट्रष्ट लगाइएको छ ।

अस्पतालमा निःशुल्क खाना बनाउने भवन निर्माण गरिएको छ । सेमिनार हललाई इन्टेरियर डिजाइन गरी अत्याधुनिक बनाईएको छ । फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने काम शुरु भएको छ । फोहोर फाल्ने लिप्टको व्यवस्थापन समेत भएको छ । संक्रमित फोहोर ९४ प्रतिशतबाट ३० प्रतिशतमा झार्ने व्यवस्था गरिएको छ । फोहोरलाई निसंक्रमित बनाएर मात्रै बाहिर पठाउने व्यवस्था गरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ । अस्पतालमा एमआरआई, टिएमटि, पोटेवल डेन्टल एक्सरे, ६२५ केभिएको जेनेरेटर, मेन डिष्ट्रिब्यूसन बोर्ड, नेओनाटल भेन्टिलेटर विथ एचएफओ आउने क्रममा रहेका छन् ।

यी सामग्रीको खरिद प्रक्रिया शुरु भईसकेको छ । मुटु रोगीको उपचारका लागि प्रभावकारी क्याथल्याको लागि समिति गठन गरी खरिद प्रक्रिया शुरु गरिएको छ । बायोकेमेस्ट्री र हेमोटोलोटी मेसिन टेण्डर प्रक्रियामा रहेका छन् । आधुनिक स्पाइनल सर्जरीका लागि फोरके भिजुलेसन सेट आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । युरोलोजी वार्डमा पत्थरी फुटाउने सेवा शुरु गरिएको छ । यस वार्डमा थप सेवा दिन युरोलोजी सर्जरी सेट टेण्डर प्रक्रियामा रहेको छ । एनपिएल सेवा समेत यसै अवधिमा शुरु गरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।

एनआरएनएबाट अनुदानमा आएको अक्सिजन प्लान्टलाई घर निर्माण तथा विजुलीको व्यवस्था गरी अक्सिजन प्लान्ट यसै अवधिमा सञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलका अनुसार हालको इमरजेन्सी भवनमा तला थप्नका लागि टेन्डर प्रक्रिया अगाडि बढाई सकिएको छ ।

उहाँले सीमित स्रोत र साधनकाबीच सबैको साथ र सहयोगले यी काम गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “उपचारको क्षेत्रमा भएका नयाँ आविष्कार र संसारभर भइरहेको प्रविधिको तीव्र विकासलाई निरन्तर भित्र्याउनु र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने चुनौती हाम्रा सामु छ । तर, सबै क्षेत्रको साथ र सहयोग प्राप्त भएमा सबै चुनौतीहरुलाई पार गर्दै बिरामीलाई उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने विश्वास दिलाउन सकिएको छ ।”

शनिबार, पुष १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.