चितवनमा तमू ल्होसारको अवसरमा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति चितवनले यस बर्ष पनि विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । आउँदो पौष १५ गतेका दिन खुल्ला रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम तय भएको छ ।
प्रत्येक बर्ष रोहित घले स्मृति प्रतिष्ठान र निलम गुरुङ स्मृति अक्षयकोषद्वारा प्रदान गरिदै आएको जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम समेत रहेको पर्व मूल समारोह समितिका अध्यक्ष विमला देबी गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै पौष १४ गते राती १२ बजे बिरालो बर्गलाई बिदाई र गरुड वर्गलाई स्वागत गर्ने परम्परा छ । ल्होसारको अबसरमा आँफुभन्दा ठुलाले सानालाई आशीर्वाद दिने र सानाले ठुलासंग आशीर्वाद लिइएर पर्व मनाउने धार्मिक जनविश्वास छ ।