काठमाडौं । प्रकाश सपुतको गीत ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई वर्षको अन्त्यसम्म ५ करोड ४७ लाख पटक हेरिएको छ ।
सपुत जोडिएका चार गीतलाई करोडभन्दा बढी पटक हेरिएको छ । सूचीमा प्रकाश सपुत र शान्तिश्रीको दबदबा देखिन्छ । सपुत र शान्तिश्री परियारको अर्को गीत ‘अरेली काँडाले’ यस वर्ष दोस्रो धेरै पटक हेरिएको गीत बनेको छ । यो गीतलाई युट्युबमा ४ करोड ६९ लाख पटक हेरिएको छ ।