भरतपुर । चितवनको भरतपुरमा बिक्री कक्ष रहेको सन अटोमोबाइल्सको शोरुमबाट रोयल इनफिल्ड मेट्रो ३५० को बिक्री शुभारम्भ गरिएको छ । सन अटोमोबाइल्सका सञ्चालक गोविन्द श्रेष्ठ एवं चितवन अटोमोबाइल एशोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्रीले संयुक्तरुपमा मेट्रो ३५० को बिक्री शुभारम्भ गर्नुभएको हो ।
बिक्री शुभारम्भको अवसरमा सञ्चालक श्रेष्ठले मेट्रो ३५० को तीन वटा भेरियन्ट कम्पनीले ल्याएको बताउनुभयो । तल्लो भेरियन्ट फायरबल सिरिजको मूल्य पाँच लाख ५० हजार रुपैयाँ रहेकोमा यसको माथिल्लो भेरियन्ट सुपरनोभा सिरिजको मूल्य पाँच लाख ६५ हजार रुपैयाँ रहेको श्रेष्ठले जानकारी दिनुभयो । व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्ने शुभचिन्तक, आफन्तजन, व्यावसायिक प्रतिष्ठानहरुलाई श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बुधबारबाट बिक्री शुभारम्भ भएको रोयल इनफिल्ड मेट्रोलाई ग्राहकले मन पराउने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । मेट्रो सिरिजमा सिटको उचाइ सात सय ६५ मिलिमिटर, ग्राउण्ड क्लिरेन्स एक सय ७० मिलिमिटर, ह्विल बेस एक हजार चार सय मिलिमिटर, अगाडि र पछाडि डिस्क ब्रेक रहेको श्रेष्ठको भनाइ छ ।